शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चीनले सुरु गर्‍यो फाइभ–जी सेवा, यस्तो छ मूल्य

शनिबार, १६ कात्तिक २०७६, १३ : ०५
शनिबार, १६ कात्तिक २०७६

एजेन्सी । चीनको मोबाइल सञ्चालकहरुले आफ्नो देशका ग्राहकको लागि फाइभ–जी सेवाको सुरु गरेका छन् । 

योसँगै चीनले विश्वस्तरमा प्राविधिक मामिलामा ठूलो छलाङ मारेको छ । 

चीनको सरकारी मोबाइल सेवा प्रदायक कम्पनी चाइना मोबाइल, चाइना यूनी–कम र चाइना टेलिकमले बिहिबारलाई आफ्नो फाइभ–जी डाटा प्लानको घोषणा गरेको बीबीसीले जनाएको छ । 
चीन र अमेरिकाबीच व्यापार र प्राविधिक क्षेत्रमा संघर्ष भइरहेको समयमा यो घोषणा भएको छ।

चीनभन्दा अघि नै दक्षिण कोरिया, अमेरिका र ब्रिटेनले यही वर्ष आफ्ना देशमा फाइभ–जी नेटवर्कको सुरुवात गरिसकेका छन् । 

फाइभ–जी पाँचौ पुस्ताको मोबाइल नेटवर्क हो । फाइभ–जीमा इन्टरनेटको गति तीव्र हुने दावी गरिएको छ । 

चीनले फाइभ–जीको सेवा अघिल्लो वर्ष नै सुरु गर्ने बताएको थियो । तर उसले एक वर्ष ढिलो गरेर फाइभ–जी सेवाको सुरुवात गरेको छ । 

अत्यन्त तीव्र फाइभ–जी चीनको ५० सहरमा शुरु गरिएको छ । त्यसमा बेइजिङ र संघाई सामेल छन् । चीनको सरकारी एजेन्सी सिन्ह्वाका अनुसार फाइभ–जी डाटा प्लानको मूल्य १२८ युयान(झण्डै २००० रुपैया)देखि ५९९ युआन (९६०० रुपैयाँ) बीचमा पर्छ । 

चीनमा फाइभ–जी नेटवर्कका लागि उपकरण त्यहाँको सबैभन्दा ठूलो सप्पाई कम्पनी हुवावेले गरेको हो । 

हुवावेले अन्य कयैन देशमा फाइभ–जी नेटवर्क स्थापित गर्न पनि महत्वपूर्ण भूमिका निभाइरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप