शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता तीन सूत्र जसले तपाईंलाई सय वर्ष बाँच्न सघाउँछ

आइतबार, १७ कात्तिक २०७६, ०७ : १८
आइतबार, १७ कात्तिक २०७६

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) ले सार्वजनिक गरेको प्रतिवेदनअनुसार नेपालीको औसत आयु ७०.६ वर्ष हो । संसारका जुनसुकै मानिसको सकेसम्म लामो उमेरसम्म बाँचौं भन्ने हुन्छ त्यो पनि ‘गुड हेल्थ’ मा । हुन त नेपालमा पनि सय वर्ष बढी बाँच्ने थुप्रै मानिस नभएका होइनन् । तर मध्य अमेरिकी राष्ट्रस्थित निकोया प्रायद्वीपमा सय वर्ष वा सोभन्दा बढी उमेर भएका नागरिकको संख्या धेरै छ ।

कूल जनसंख्या १ लाख ६१ हजार भएको उक्त प्रायद्वीपमा ४६ जनाको उमेर सय वर्ष वा सोभन्दा माथि छ । जो निकै स्वस्थ तरिकाले जीवनयापन गरिरहेका छन् ।  

वर्षौंदेखिको अनुसन्धानले यहाँका बासिन्दाले अनुसरण गर्ने तीन सूत्रबारे पत्ता लगाएको छ जसले उनीहरुलाई लामो आयु प्रदान गरेको छ ।

 १. सक्रिय जीवनशैलीः

नियमित व्यायामले रोग प्रतिरोधी क्षमतालाई बलियो बनाउँछ जसले मानसिक स्वास्थ्यलाई चुस्त बनाउन सहयोग गर्छ । यसले मुटुरोग र टाइप टु मधुमेहबाट पनि जोगाउँछ ।

पाचिटो १०२ वर्ष पुगिसकेका छन् । उनका अनुसार उनले सधैं सक्रिय जीवनशैली अपनाए । ‘घोडाको पिठ्युँमा बसेर मैले थुप्रै ठाउँको यात्रा गर्न धेरै समय खर्च गरेँ । म वाल्यकालदेखि नै घोडचढी गरिरहेको छु । यसले नै मलाई बचाइरहेको जस्तो मलाई लाग्छ,’ पाचिटोले भने ।

२. स्वस्थ खानपिनः

आफ्नो खान्कीमा प्रशस्त मात्रामा फलफूल र सागसब्जी निकै अत्यावश्यक छ । माछा, गेडागुडी धेरैभन्दा धेरै खाने र प्रोसेस्ड फुडबाट सकेसम्म टाढै बस्ने । यसले तपाईंलाई धेरै वर्षसम्म बाँच्न सघाउ पुर्‍याउँछ ।

 मारिया १०५ वर्ष पुगिन् र उनले जीवनभरी अत्यधिक सीफुडको सेवन गरिन् । ‘म चिज, दुध र पियानगुआ नामको स्थानीय सेलफिस खान्छु । म सेलफिसलाई स–सानो टुक्रा पारेर काट्छु र त्यसलाई भात र सिमीसँग मिसाउँछु ।’

३. सामाजिक जीवनशैलीः

धेरैभन्दा धेरै राम्रा साथी भएकाहरुको स्वास्थ्य पनि निकै राम्रो हुन्छ ।

 क्लिनिकल साइकोलोजिस्ट एवं प्राध्यापक टिम स्मिथ भन्छन्, ‘तपाईंको जति धेरै सामाजिक सम्बन्ध छ जसको गुणस्तर निकै राम्रो छ, त्यति नै तपाईं बढीसम्म बाँच्ने सम्भावना छ ।

जिन काल्मेन्ट अहिलेसम्मकै सबैभन्दा वृद्ध व्यक्ति मानिएकी छिन् । उनको जन्म सन् १८७५ मा फ्रान्समा भएको थियो र सन् १९९७ मा १२२ वर्षको उमेरमा उनको निधन भयो ।

हुन त संसारभरीकै औसत आयु पछिल्ला दशकमा बढ्दैछ । यद्यपि, अमेरिकी वैज्ञानिकले मानिसको आयु सम्भवतः १२५ वर्षसम्म भएको ठान्छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप