मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

उम्मेदवार छान्न देउवा निवासमा काँग्रेस बैठकः कसको सम्भावना कति ? धनराज गुरुङको पनि चर्चा

आइतबार, १७ कात्तिक २०७६, १३ : २५
आइतबार, १७ कात्तिक २०७६

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आइतबार आगामी मंसिर १४ गते उपनिर्वाचन हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उमेदवारको टुंगो तयारी गरेको छ ।

जसका लागि आइतबार दिउँसो ३ बजे काँग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा पार्टी पदाधिकारी बैठक बस्दैछ । काँग्रेसमा सभापति शेरबहादुर देउवासहित ८ सदस्यीय पदाधिकारी रहेको छ । 

पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई समावेश गर्ने केन्द्रीय समिति बैठकले निर्णय गरेको छ ।

पौडेलले संस्थापन इतरको नेतृत्व गर्दै आएका छन् भने सिटौलाले तेस्रो गुटको नेतृत्व गर्दै आएका छन् । 

प्रतिनिधिसभा अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बर २, प्रदेशसभा अन्तर्गत भक्तपुर १ ‘क’, दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र बागलुङ निर्वाचन क्षेत्र नम्बर २ को ‘ख’मा उपनिर्वाचनको उम्मेदवारका लागि काँग्रेस जिल्ला कमिटीहरुले केन्द्रमा नाम सिफारिस गरेका छन् ।

काँग्रेस जिल्ला समितिहरुद्वारा सिफारिस नामावली
कास्कीबाट १६ जना भक्तपुरबाट १०, दाङबाट १३ र बाग्लुङबाट ४ जनाको सूची केन्द्रमा आइपुगेको छ । 

कास्की काँग्रेसले सिफारिस गरेकाहरु खेमराज पौडल, महादेव गुरुङ, सोभियतबहादुर अधिकारी, निर्मल कर्माचार्य, देवराज चालिसे र माधव बास्तोला छन् ।

साथै लक्ष्मी पाण्डे, खेमकुमारी बराल, रंगिला आचार्य र विमला भण्डारी, ऋषि काफ्ले, कृष्ण कार्की, वीरेन्द्रनारायण विजुक्छे, गुरु बराल, विजय आचार्य र केशव निर्दोषीको नाम पनि सिफारिस गरिएको छ । 

भक्तपुर काँग्रेसबाट सिफारिस गरिएकाहरुमा कृष्णलाल भडेल, यादवप्रसाद अधिकारी, सुरेश श्रेष्ठ, विनोदप्रकाश कायस्थ, रुपा थापा, उद्धव खड्का, किरण न्यौपाने, मनोजकुमार थापा, हरिप्रसाद नेपाल र सुभद्रा काफ्ले छन् । 

दाङ काँग्रेसबाट सिफारिस हुनेहरुमा किरण शाह, केशव आचार्य, खिमप्रसाद खराल, चूडामणि कँडेल, जगतबहादुर खड्का, भरत केसी, मदन रसिक, टीका घर्ती, शंकर डाँगी र सुरेश हमाल रहेका छन् ।
बाग्लुङ काँग्रेसबाट सिफारिस हुनेहरुमा दोर्णकुमार कुवँर, टेकराज पौडेल, जीतबहादुर शेरचन र तुलासिँह घर्तिमगर रहेका छन् । 

कहाँ कसको चर्चा ?
कास्कीको प्रतिनिधि सभाका लागि देवराज चालिसे वा खेमराज पौडलले टिकट पाउने सम्भावना बढी छ । चालिसे स्थानीयस्तरमा बौद्धिक र चर्चित नेता मानिन्छन् भने पौडेल, संघर्षशील र अनुभवी ।

यता सभापति देउवाले जिल्लाबाट पठाएको नाममा सहमति हुने अवस्था नबनेको खण्डमा केन्द्रीय सदस्य धनराज गुरुङको नाम विकल्पका रुपमा अगाडि सारेको काँग्रेस स्रोत बताउँछ ।

पौडेल निकट मानिने गुरुङ पछिल्लो समय देउवासँग निकट बन्न पुगेको बताइन्छ । 

टिकटका लागि गुरुङले गुट फेरेको काँग्रेस वृतमा चार्चा छ । सभापति देउवाले चुनाव जित्न चर्चित नेताको आवश्यक महसुसश गरेकाले आफ्नो सम्भावना बढी रहेका गुरुङ बताउँदै आएका छन् ।

बागलुङमा जीत शेरचनले टिकट पाउने करिब निश्चित देखिएको छ भने भक्तपुरमा विनोदप्रकाश कायस्थको सम्भावना देखिएको छ । यस्तै दाङमा किरण शाह र जितबहादुर खड्काको सम्भावना बढी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप