बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउडमा ५ सुन्दर अभिनेत्री, जो हुन सकेनन् सफल

आइतबार, १७ कात्तिक २०७६, १८ : २१
आइतबार, १७ कात्तिक २०७६

मुम्बई– बलिउडमा अभिनेताको करियर लामो समयसम्म चल्ने गर्दछ । तर अभिनेत्री भने छोटो समयमै हराउने गर्दछन् । थोरै अभिनेत्री होलान्, जो लामो समय बलिउडमा टिकेका छन् । बलिउडमा ट्यालेन्ट र सौदर्य अभिनेत्रीका लागि जरुरी मानिएको छ । तर यो क्षेत्रमा केही अभिनेत्री यस्ता पनि छन् जसमा अभिनय र सौदर्यको गुण हुँदा हुँदै पनि हराएका छन् । ती मध्य पाँचको चर्चा अहिले गर्न खोजिएको छ । 

टिस्का चोपडा
अभिनेत्री टिस्का चोपडा सौदर्यको मावलमा कोही भन्दौ कम छैनन् । फिल्म ‘तारे जमिन पर’ यी अभिनेत्रीले अभिनय गरेकी थिइन् । तर यो फिल्म पछि उनको करियर अगाडि बढेन ।

हुमा कुरैशी 

हुमाले अनुराग कश्यपको हिट फिल्म ‘ग्याङ्स अफ वासेपुर’ अभिनय गरेकी थिइन् । उनी सुन्दर पनि छिन् । तर अभिनय करियर भने उनको खासै अगाडि बढ्न सकेन ।

निमरत कौर 

फिल्म एयरलिफ्टबाट चर्चामा छाएकी अभिनेत्री निमरत कौर निकै सुन्दर पनि छिन् । तर उनको नाम फ्लप अभिनेत्रीको सूचिमा पर्ने गरेको छ । 

ऋचा चड्ढा

ऋचाले बलिउडका केही फिल्ममा अभिनय गरेकी छन् । भोली पञ्जावको नामबाट समेत चिनिने उनलाई धेरै फिल्ममा सहायक भूमिका मिल्ने गरेको छ । 

माही गिल 
फिल्म ‘देव डी’बाट सफलताको साथ करियर सुरु गरेकी माही गिलको पनि करियरले रफ्तार पक्रन सकेन । उनी सुन्दर ट्यालेन्ट पनि छिन् । तर पनि बलिउडमा उनको जादु चल्न सकेन ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप