मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

एक जोडीबीच त्यो रात भएको बिबादः जसले हङकङमा महिनौँ लामो प्रदर्शन गराउन भूमिका खेल्यो

आइतबार, १७ कात्तिक २०७६, १८ : ३०
आइतबार, १७ कात्तिक २०७६

एजेन्सी । अघिल्लो वर्ष फेब्रुअरी १७ मा एक हङकङेली जोडी ताइवानमा बिदा मनाउन गएका थिए । तर उनीहरु बिदा दुर्घटनामा बदलियो । 

ताइवानबाट फर्किनु एक रातअघि ती जोडीले ताइपेइको एक चर्चित रात्रि–बजारमा एउटा ठूलो गुलाबी रंगको सुटकेस किनेका थिए । 

आफू बसेको होटेलको सीसीटीभी फूटेजमा ती जोडी सुटकेससहित फर्किएको देखिन्छ । तर, २० वर्षिया पून हिउ–विङलाई उक्त फूटेजपछि जिउँदो देखिएन ।  

भोलिपल्ट बिहानको सीसीटीभी फुटेजमा उनका १९ वर्षे प्रेमी च्यान तोङ–काई अन्य लगेज र गुलावी सुटकेस लिएर कोठाबाट निस्किएका देखिन्छ । 
त्यसमा हिउ–विङको देखिएकी छैनन् । 

ताइपेईको व्यस्त भूमिगत रेल–स्टेसनको सीसीटीभीमा पनि च्यानलाई एक्लै सुटकेस ठेलिरहेको देखिन्छ । सोही साँझ उनी हङकङ फर्किए, एक्लै । 

त्यसको एक महिनापछि हिउ–विङका पिता आफ्नो हराइरहेकी छोरी खोज्दै ताइवान पुगे । त्यसको केही पछि हिउ–विङको शव न्यू ताईपेइ सीटीको चर्चित नदी छेउको बाटोभन्दा २० मिटर परको झाडीमा भटियो । 
‘यहाँ दुघन्ध त आइरहेको थियो तर त्यो गन्ध शवको हो भन्ने कसैले सोचेका थिएनन् ,’ शव पाइएको क्षेत्रमा लामो समयदेखि बसोबास गरिरहेका चाउले भने । 

‘कहिलेकाहिँ यहाँ एक्कै पटक दशौं हजार माछा मरेर माथि सतहमा आउथे । त्यो समय निक्कै दुर्गन्ध फैलिन्थ्यो । त्यो बेला पनि हामी त्यस्तै माछा मरेका होलान् भन्ने सोचौं ,’ चाउले भने । 

हिउ–विङको मृत्युसँग हङकङको प्रदर्शनको सम्बन्ध

ताइवान सरकारले पूनको हत्याको अनुसन्धानका लागि च्यानलाई हस्तान्तरण गर्न हङकङका अधिकारीसँग माग ग¥यो । त्यसका लागि हङकङ सरकारले सुपुर्दगी कानुन ल्यायो । 

उक्त कानुनले आपराधिक घटनामा शंका गरिएकालाई ताइवान फर्काउन सघाउँथ्यो । साथसाथै त्यसले चिनियाँ मुलभूमिमा पनि सुपुरदगी खुल्ला गथ्र्यो । 

चीनको भू–भाग भए पनि स्वाशाशित हङकङले मुलभूमि चीनमा आपराधी फिर्ता गर्नको लागि सुपुर्दगी सम्झौता गर्नुपर्ने व्यवस्था छ । हालसम्म हङकङ र ताइवानबीच चीनसँग त्यस्तो सम्झौता छैन । 

चीनमा कमजोर मानव–अधिकारको अवस्था र न्यायिक प्रणालीमाथि सरकारको अत्यधिक नियन्त्रण हुने गरेको भन्दै सुपुर्दगी भएमा हङकङको न्यायिक स्वशासनलाई पनि असर गर्ने डरले प्रदर्शन सुरु भयो । 

ताइवानले समेत च्यानको घटनालाई हङकङ सरकारले सुपुर्दगी कानुन बनाउने बाहना बनाएको भन्दै आलोचना ग¥यो । 

प्रदर्शन निकै ठूलो बनेपछि हङकङ सरकारले सुपुर्दगी कानुन फिर्ता गरिसकेको छ । तर यो बीच च्यानको मुद्दा भने अल्झिरहेको छ।  

त्यो रात भएको के थियो ?

यस मुद्दासम्बन्धी हङकङ उच्च अदालतको कागजातमा च्यान र पूनबीच सन् २०१७ मा भेट भएको र त्यसको एक महिनापछि ती बीचमा सम्बन्ध बसेको उल्लेख छ । 

फेब्रुअरीमा ताइवा भ्रमण जादाँ हिउ–विङ पाँच महिनाकी गर्भवती थिइन् । फेब्रुअरी १६ को रातमा होटलमा आइसकेपछि तीबीच सुटकेसमा सामान प्याक गर्ने विषयमा सामान्य विवाद भयो । त्यो विवाद त्यसै साम्य भयो तर फेब्रुअरी १७ सबेरै उनीबीच पुनः विवाद सुरु भयो । 

झगडाको क्रममा हिउ–विङले पेटमा रहेको बच्चा उनको पूर्व प्रेमीसँगको सम्बन्धबाट बसेको बताइन् । च्यानले अदालतमा बताएअनुसार त्यसपछि हिउ–विङले उनलाई मोबाइलमा अर्को पुरुषसँग यौन सम्पर्क गरिरहेको भडियो देखाइन् । 

रिसको झोकमा च्यानले हिउ–विङको टाउको भित्तामा बजारिदिए र भूईँमा लडाएर दुवै हातले घाँटी थिचे । भूईँमा १० मिनेटको संघर्षपछि हिउ–विङको मृत्यु भयो । 

त्यसपछि च्यानले हिउ–विङको शरिरलाई सामान प्याक गर्न ल्याएको गुलाबी रंगको सुटकेसमा हाले र उनका अन्य सामान पनि चार वटा प्लाष्टिक व्यागहरु प्याक गरे । 

बिहानै होटेलबाट निस्केर च्यानले हिउ–विङका सामान होटेल नजिकको फोहोर फाल्ने भाँडोमा फालिदिए र फर्किएर होटलबाट बिदा भए । 

त्यसपछि उनले हिउ–विङको शरिर हालिएको गुलाबी सुटकेस लिएर निस्किए । त्यहाँबाट निस्केर चालिस मिनेट लामो यात्रा पछि उनी झवेई स्टेसन पुगे र सुटकेस घिसार्दै दनशुई नदी छेउको हिडडुल क्षेत्रमा पुगे । 

एक ठाँउमा बाटोछेउमा ठूलो झाडी देखेपछि सुटकेसबाट शव निकालेर त्यहीँ फालिदिए र सुटकेस भने अन्तै फालिदिए । तर च्यानले हिउ–विङको एटीएम कार्ड, डिजिटल क्यामेरा र आईफोन भने आफैसँगै राखेका थिए ।  

ताईपेइ छाड्नु अघि उनले हिउ–विङको एटीएम प्रयोग गरेर ६५३ अमेरिकी डलर र हङकङ फर्केर थप तीन पटकमा उनले २४५० डलर बराबरको पैसा झिकेको देखिन्छ । 

घटना कसरी बाहिर आयो ?

हिउ–विङका अभिभावकले आफ्नो छोरी हराइरहेको मुद्दा दायर गरेको दुई दिनपछि हङकङ प्रहरीले च्यानलाई मार्च १३ को दिन पक्राउ ग¥यो । पछि, उनीमाथि दुर्घटनास्थलको सामाग्री प्रयोग गरेको आरोपमा चार मुद्दा दायर भयो । 

अनुसन्धानको क्रममा च्यानले आफूले हिउ–विङलाई मारेको स्वीकार गरे र हिउ–विङको शव फालेको स्थानबारेमा बताए । 

तत्कालीन समय झुवेई प्रहरी अधिकारी रहेका लिउ गुयान–वूले आफू र अन्य ३० अधिकारीले तीन घण्टाको खोजपछि शव भेटेको बताए । 

‘हामीले सुरुमा सुटकेस खोजिरहेको थियौं । किनकि हामीलाई शव त्यसैमा राखिएको छ भन्ने परेको थियो ,’ लिऊले भने ,‘तर हामीले उनको शरीरनै फेला पार्यौं । शवमा कुनै क्षति पु¥याइएको संकेत थिएन । शरीरलाई दोबारेर सुटकेसमा राखेर त्यहाँसम्म ल्याइएको रहेछ । युवती दुब्ली र धेरै अग्लो नभएको सुटकेटमा हाल्न गा¥हो नभएको होला । हामीले भेट्दा शरीर सडेको अवस्थामा थियो ।’

अदालती कारबाहीपछि हङकङमा च्यानलाई रकम हिनामिनासम्बन्धमा २९ महिनाको सजायँ दिइयो । उच्च अदालतले त्यस सजायँलाई तीन गुणाले घटाएपछि अघिल्लो महिला च्यानले जेल सजायँ भुक्तान गरेर रिहा भइसकेका छन् । 

जेलमुक्त भएपछि हङकङ सरकारले च्यानले ताइवानमा रहेको ‘अपराध’सम्बन्धमा एक वक्तव्य जारी गरेको थियो । 

‘उक्त अपराधको सुनुवाई हङकङको अदालतको न्यायिक क्षेत्राधिकारमा पर्दैन ,’ वक्तव्यमा भनिएको छ ,‘उनले ताइवानमा गरेको अपराधसम्बन्धमा यहाँको स्थानीय अधिकारीले उनको कारवास थप्ने पनि कुनै आधार छैन ।’

अक्टोर १८ को दिन जेल मुक्त हुदाँ च्यानले टीभी क्यामेरा र पत्रकारहरुको ठूलो भीड अघि झुकेर अभिवादन गरे । त्यस समय उनले हिउ–विङको परिवारसँग क्षमा याचना मागे र मृतआत्माको शान्तिको कामना गर्दै समाजसँग माफी मागे । 

पक्राउ वारेन्ट जारी गरेको भए पनि ताइवानका अधिकारीले च्यानको आत्मसमर्पण स्वीकार गरेका छैनन् ।  

ताइवानले त्यसलाई बेइजिङले ताइवानलाई आफ्नै भूभाग देखाउन रचेको खेल भन्दै अस्वीकार गरेको छ । तिनले च्यानको हस्तान्तरण अघि हङकङसँग एक न्यायिक सहायता सम्झौतामा छलफल हुनुपर्ने अडान लिएको छ । 

हङकङका अधिकारीले ताइवानको मागलाई ‘बकवास’ भन्दै आफै आत्मसमर्पण गर्न इच्छुक दोषीलाई पक्रेर पीडित परिवारलाई न्याय दिन आग्रह गरेको छ ।

च्यान आफैले यो मुद्दालाई चाडैं सल्टाउन चाहेको बताएका छन् । ‘आवेसमा आएर मबाट भएको अपराधको लागि म आत्मसमर्पण गर्न चाहन्छु । म ताइवान गएर मुद्दा सामना गर्न र आफूले पाएको जेल सजायँ भोग्न चाहन्छु ,’ उनले मिडियालाई भने । 

यो घटनाले ताइवान र हङकङका साथसाथै ताइवान र चीनबीचको विषम सम्बन्धलाई उजागर गरिदिएको छ । 

त्यस्तै यसले छेउछाउमा रहेको तीन पक्षबीच अझै सुपुर्दगी वा अन्य कुनै न्यायिक सहकार्य सम्झौता नभएको अप्राकृतिक अवस्थामा समेत प्रकाश पारेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप