शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

टाटा ‘नेक्सन’ फेरि बन्यो नम्बर वान सुरक्षित कार

सोमबार, १८ कात्तिक २०७६, १६ : ५१
सोमबार, १८ कात्तिक २०७६

आमाको काखजस्तै सुरक्षित ठानिएको टाटा ‘नेक्सन’ले सुरक्षा मापनमा पुन फाईभ स्टार प्राप्त गर्न सफल भएको छ । 

अन्तर्राष्ट्रिय स्तरको ‘ग्लोबल एनक्यापले’ ‘नेक्सन’लाई क्र्यास टेस्टमा दोस्रो पटक ‘फाइभ स्टार’ प्रदान गरेको हो । ‘ग्लोबल एनक्याप’ (ग्लोबल न्यू कार असेसमेन्ट प्रोग्राम) जसले हरेक वर्ष भारतमा कारको सुरक्षा मापन गर्ने काम गर्छ र सुरक्षाको दृष्टिकोणबाटै रेटिङ दिने गर्छ । 

गत वर्ष पनि ‘ग्लोबल एनक्यापले’ ‘नेक्सन’लाई क्र्यास टेस्टमा फाइभ स्टार प्रदान गरेको थियो । नेपालमा उपलब्ध कारहरुमा ‘नेक्सन’ एक मात्र कार हो जसले क्र्यास टेस्ट पास गरेको छ ।

नेपालका लागि टाटाको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले ‘नेक्सन’ कार आमाको काख जतिकै सुरक्षित र भरपर्दो छ भनी प्रचार गर्दै आएको छ । यसको पछाडिको कारण हो कारको बलियो सुरक्षा फिचर्स ।

सुरक्षित मानिएकै कारण नेक्सन नेपाल भित्रीएको एक वर्षमा एक हजार भन्दा बढी कार विक्री गरी इतिहास नै रचेको थियो । २०१८ को फेब्रुअरीमा नेपाली बजारमा भित्रिएको टाटा ‘नेक्सन’ अटोको दुनियाँमा भिन्न छाप पार्न सफल छ ।

स्पोर्टस् युटिलिटी भेइकल (एसयूभी) सेगमेन्टको टाटा ‘नेक्सन’ ग्राहकले रुचाउनुको पछाडिको मुख्य कारण हो सुरक्षा । बजारमा प्रतिस्पर्धी मूल्यमा आएको ‘नेक्सन’ टाटाको प्रभावशाली डिजाइनमा आधारित चौथो उत्पादन पनि हो ।

‘नेक्सनको एक्सई सुरुवाती कार हो । त्यसपछि एक्सएम, एक्सटी र एक्स टु प्लस मोडल हुँदै नेक्सनसम्म आइपुग्दा यसको लोकप्रियता बढ्दै गएको छ । सेफ्टी फिचर्सकै कारण टाटा ‘नेक्सन’को माग दिनप्रतिदिन बढ्दै गएको सिप्रदी ट्रेडिङ्गले बताएको छ ।

‘नेक्सन’लाई क्र्यास टेस्टमा दोस्रो पटक पनि ‘फाइभ स्टार’ 

‘नेक्सन’ले सुरुवाती चरणदेखि नै सुरक्षामा विशेष ध्यान दिँदै आएको पाइन्छ । चौथो संस्करणसम्म आउँदा नेक्सनले सुरक्षाको दृष्टिकोणबाट पाउनुपर्ने सबैभन्दा उत्कृष्ट ‘फाइभ स्टार’ नै पाउन सफल भयो । भारतीय गाडीमा ‘फाइभ स्टार’ रेटिङ पाउने ‘नेक्सन’ पहिलो गाडी हो ।

एनक्यापले टाटाको ‘नेक्सन’लाई क्र्यास टेस्टमा गत वर्ष (२०१८)मा पनि ‘फाइभ स्टार’ रेटिङ दिएको थियो र अहिले (२०१९)मा पनि ‘फाइभ स्टार’ रेटिङ दिएको छ । यसको अर्थ हो नेक्सन सुरक्षाको दृष्टिकोणले उत्कृष्ट कार हो ।

ग्लोबल एनक्यापको र्याङ्किङमा ‘फाइभ स्टार’ सबैभन्दा उत्कृष्ट मानिन्छ । कारको क्र्यास टेस्टमा ‘फाइभ स्टार’ पाएसँगै टाटाले आफ्नो सुरक्षा क्षमता प्रमाणित गरेको छ ।

टाटा नेक्सनमा डुअल एयरब्याग, आईएसओफिक्स र कर्नर स्टेबिलिटी कन्ट्रोलको स्टान्डर्ड फिचर्स छ । 

नेक्सनको अर्को महत्त्वपूर्ण एबीएस (एन्टी लक ब्रेकिङ सिस्टम) हो । जसले गाडीलाई स्लिप हुनबाट जोगाउँछ । यात्रा गर्दा अगाडि र पछाडि बस्ने सबैको सुरक्षा पक्षमा ध्यान दिएर गाडीको बडी डिजाइन गरिएकाले पनि यसलाई फेमिली कारका रूपमा लिइएको छ ।

चलाउन सजिलो, अफरोड यात्राका लागि पनि गाडी उत्कृष्ट मानिएको छ । फुल फेज एसयूभीमा हुने २०९ एमएमको ग्राउन्ड क्लेयरेन्स नेक्सनमा छ । उत्कृष्ट ग्राउन्ड क्लेयरेन्स र क्षमताका कारण यो गाडी नेपाली बाटोका लागि जस्तोः खाल्डो तथा स्पिड ब्रेकरहरूमा पनि सजिलै पार गर्न सक्ने खालको छ ।

यात्राको आत्मविश्वास बढाउन ‘नेक्सन’ले गाडीमा रेयर पार्किङ सेन्सरसहितको विशेष सुविधायुक्त क्यामेरा पनि राखेको छ ।

अन्य फिचर्स 

टाटा नेक्सनलाई मन पराउनुको पछाडिको अर्को कारण हो, यसको उत्कृष्ट डिजाइन । कर्भ डिजाइन अनि उत्कृष्ट स्टाइलसहित स्मार्ट फिचर्सले नेक्सन कम्प्याक्ट युटिलिटी भेइकलमा नयाँ आयाम ल्याएको छ । गाडीको फ्रन्ट र रेयर सिटमा पर्याप्त ठाउँ छ । ड्राइभर सिटको उचाइ व्यवस्थापन, अटोमेटिक क्लाइमेट कन्ट्रोल लगायत भित्री डिजाइनमा पनि विशेष ध्यान दिएको छ । 

ड्राइभिङमा सहजता थप्न नेक्सनमा विभिन्न मोडको विकल्प दिइएको छ । इको, सिटी र स्पोर्ट मोडमा गाडी चलाउन सकिनेछ भने सस्पेन्सन सिस्टम नेपाली बाटोका लागि उपयुक्त मानिएको छ ।

फ्रन्ट सिट बेल्ट, रेयर डेफोगर, रेयर एन्ड फ्रन्ट फग ल्याम्प जस्ता फिचर्स नेक्सनमा छन् । त्यसैगरी, किलेस इन्ट्रीको सुविधा पनि छ । एबीएस विद ईबीडीलगायतका फिचर्सले टाटा नेस्सनलाई अझ उत्कृष्ट बनाएको छ ।

टाटा ‘नेक्सन’ ७ वटा भेरियन्टमा उपलब्ध छ । जसमा डिजेल पेट्रोलमा म्यानुअल र एएमडी (अटोमेटिक म्यानुअल ट्रान्समिसन)मा उपलब्ध छ । ‘नेक्सन’ भर्मोन्ट रेड, मोरोक्कान ब्लु, सिटल सिल्भर, ग्लासगो ग्रे र कलगरी ह्वाइटमा उपलब्ध छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप