शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पेस्तोल र गोली सहित पक्राउ

सोमबार, १८ कात्तिक २०७६, १९ : ०६
सोमबार, १८ कात्तिक २०७६

मोरङ ।     कटहरी गाउँपालिका-१ स्थित सिंघीया खोला नजिकबाट सोही गाउँपालिका-२ बस्ने २३ वर्षीय सुरज कुमार भन्ने बिक्की कुमार भगतलाई अटोमेटिक पेस्तोल १ थान, त्यसमा लाग्ने गोली १ थान, म्याग्जिन २ थान र सीमकार्ड ५ वटा सहित प्रहरीले पक्राउ गरेको छ । 
प्रारम्भिक अनुसन्धानको क्रममा भगतले उक्त हतियार मोरङ धनपालथान गाउँपालिका-७ कदमहा बस्ने २८ वर्षीय मुकेश कुमार मण्डलबाट प्राप्त गरेको खुल्न आए पश्‍चात् जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले मण्डललाई समेत बिराटनगर महानगरपालिका-७ जलजला चोकबाट पक्राउ गरेको छ । 
उनीहरू अवैध हातहतियारको कारोवार गर्ने केही व्यक्तिहरुसँग विगत केही समयदेखि सम्वन्ध स्थापित गर्दै आएको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको प्रहरीले जनाएको छ । 
 दुवै जनालाई जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप