बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

थवाङ डायरी–१

मङ्गलबार, १९ कात्तिक २०७६, ०७ : २७
मङ्गलबार, १९ कात्तिक २०७६

भियतनामको लाओवान र चीनको येनानलाई क्रान्तिकारीहरूको लालकिल्ला भनिए जस्तै नेपालको थवाङलाई क्रान्तिकारीहरूको लालकिल्ला भन्ने गरिन्छ । नेपालका धेरै गाउँहरूमध्ये छुट्टै पहिचान बोकेको गाउँ हो थवाङ । काठमाडौँदेखि झण्डै ५५० किमि टाढा रहेको दुर्गम गाउँमा बस्ने थवाङीहरूले  दरबार र सिंहदरबारमा बस्नेहरूका विरुद्ध लक्षित गरी वर्गीय मुक्तिको आवाज उठाउँदै आएका छन् । देश नयाँ राजनीतिक परिवेशतर्फ अघि बढ्दैछ तर थवाङीहरूलाई परिवर्तनले छुन सकेको छैन । त्यसैले थवाङ सधैँ चर्चाको शिखरमा हुने गर्दछ । थवाङ स्वदेशी तथा विदेशी  अनुसन्धानकर्ताहरूका लागि अनुसन्धान केन्द्र समेत बनेको छ । मेरो पनि शोधको विषय थवाङसँग जोडिएकाले थवाङको विगत र पछिल्लो घटनाक्रमका बारेमा जान्ने इच्छा थियो, सो इच्छा मेटाउन असोज महिनाको चौथो हप्ता थवाङ पुगेँ । थवाङको पछिल्ला राजनीतिक र सामाजिक घटनाक्रमलाई सार सङ्क्षेपमा थवाङ डायरीको रूपमा पाठक समक्ष राखेको छु ।

१० वर्षे जनयुद्धको समयमा विशेष चर्चा पाएको रोल्पा जिल्ला पछिल्लो समय निवर्तमान सभामुख कृष्णबहादुर महराको घटनाको विषयका कारण राष्ट्रव्यापी चर्चामा छ । भद्र, सालीन नेताका रूपमा राष्ट्रिय छवी बनाएका महराको कान्डलाई रोल्पालीहरूले दुर्भाग्यको संज्ञा दिए ।  रोल्पा लिवाङ निवासी आफूलाई महराको विद्यार्थीसमेत बताउने एकजना महराका पूर्वविद्यार्थीले भन्दै थिए– महरा सरले विद्यार्थी जीवनमा कोकाकोला खानु हुँदैन, यो त साम्रज्यवादी झोला हो भनेर शिक्षित गर्नु हुन्थ्यो । उहाँले भनेका कारण म लगायत केही साथीहरूले कोकाकोला पिउन छाड्यौँ । तर आज उनै महरा सर हिमालयन रिभर्स रक्सी लिएर परस्त्रीसँग गएको सञ्चार माध्यममा सुन्दा र हेर्दा साह्रै दुःखित छौँ । यसले महरा सरको राजनीतिक जीवन त सिद्धियो सिद्धियो, हामी रोल्पावासीका लागि पनि सर्मिन्दा र दुःखित बनायो ।

*****

कतिपय विषय मेरा पूर्ववत अनुमानभन्दा फरक थिए । यो फरक भौगोलिक र बस्तीको अनुमानसँग मात्र सम्बन्धित थिए । थवाङको राजनीतिक इतिहाससँग भने फरक थिएनन् । हिजोको थवाङ र आजको थवाङलाई कसरी बुझ्ने ? भन्ने विषयले मेरो मनमा यात्रा गर्दाको दिनदेखि नै तरङ्ग पैदा गरेको थियो । वस्तुले चेतनाको निर्माण गर्दछ भन्ने भौतिकवादी दृष्टिकोण अनुसार जब म थवाङ पुगेँ, त्यसपछि त्यहाँको वस्तुगत अवस्थाले थवाङलाई बुझ्ने अन्तारिक र बाह्य दुवै वातावरण निर्माण भयो ।

*****

रोल्पा लिवाङबाट ७२ किमि टाढा रहेको थवाङ बोलेरो पिकअप भ्यानबाट यात्रा गर्दा झण्डै ५.३० घन्टाको लाग्दो रहेछ । जलजलाको काखमा अवस्थित घना घरहरूकोे सुन्दर बस्ती रहेछ थवाङ । किताबमा पढेको र सुनेको थवाङभन्दा सशरीर उपस्थित भएर हेर्दाको थवाङको छुट्टै आनन्द आयो । कतिपय विषय मेरा पूर्ववत अनुमानभन्दा फरक थिए । यो फरक भौगोलिक र बस्तीको अनुमानसँग मात्र सम्बन्धित थिए । थवाङको राजनीतिक इतिहाससँग भने फरक थिएनन् । हिजोको थवाङ र आजको थवाङलाई कसरी बुझ्ने ? भन्ने विषयले मेरो मनमा यात्रा गर्दाको दिनदेखि नै तरङ्ग पैदा गरेको थियो । वस्तुले चेतनाको निर्माण गर्दछ भन्ने भौतिकवादी दृष्टिकोण अनुसार जब म थवाङ पुगेँ, त्यसपछि त्यहाँको वस्तुगत अवस्थाले थवाङलाई बुझ्ने अन्तारिक र बाह्य दुवै वातावरण निर्माण भयो ।

थवाङको पछिल्लो राजनीतिक घटनाक्रमको यथार्थपरक र वस्तुनिष्ट जानकारी स्थानीय थवाङवासीहरूबाट लिनुभन्दा थवाङको विषयमा गहिरो अध्ययन गरेको तेस्रो व्यक्तिबाट लिनु उपयुक्त हुन्थ्यो । त्यसका लागि उपयुक्त र भरपर्दा व्यक्ति जापानी चिकित्सक तथा अनुसन्धानकर्ता रेयुकिची इसिदा थिए । उनी ८ वर्षदेखि थवाङ बस्दै आएका छन् ।  उनको बारेमा राष्ट्रिय स्तरको पत्रिकामा पढेको थिएँ । उनैबाट थवाङको बारेमा जानकारी लिने कामको सुरुवात भयो । होचो र मङ्गोलियन अनुहारका जापानी चिकित्सक तथा अनुसन्धानकर्ता इसिदा र थवाङीहरू हेर्दा उस्तैउस्तै लाग्ने भइसकेका रहेछन् । सायद लामो बसाइ र खानपिनले गर्दा त्यहाँको वातावरणीय प्रभाव उनीमाथि परेको सहजै अनुमान गर्न सकिन्थ्यो ।

जापानी अनुसन्धानकर्ता इसिदाको दृष्टिकोणमा नेपाली समाजको विभेदको आधार हिन्दु दर्शन हो । हिन्दु दर्शनको जगमा नेपाली समाजमा सताब्दीऔँदेखि जातीय, लैङ्गिक विभेद हुँदै आयो । यसको फाइदा नेपालका शासकहरूले उठाउँदै आए । विभेदको अन्त्यका लागि थवाङीहरूले धेरै लामो समयदेखि सङ्घर्ष गर्दै आएको पाएँ । नेपालको चर्चित जनयुद्धले थवाङमा व्याप्त सबै प्रकारका विभेद र कुरीति अन्त्यका लागि महत्त्वपूर्ण भूमिका खेलेको थियो । तत्कालीन माओवादीको जनमुक्ति सेनाको तिला क्यान्टोन्मेन्टमा चिकित्सकको रूपमा काम गर्दाका अनुभव सुनाउँदै उनले भने– “क्यान्टोनमेन्टमा कुनै प्रकारको विभेद थिएन, सबैजना मिलेर खाना पकाउँथे, भाँडा पनि सबैजना मिलेर माज्थे, त्यो उन्नत संस्कृति हेर्न लायको थियो ।” मैले उनलाई थप प्रश्न गरेँ ‘के त्यो संस्कृतिको प्रभाव अहिले समाजमा परेका छ ?’ त्यसको जवाफमा उनले भने– ‘त्यो संस्कृतिको प्रभाव समाजबाट क्रमशः हराउँदै गएको छ, यो दुखःद् कुरा हो ।’

*****

मेरो अध्ययन र छलफलमा सहभागी अर्का पात्र थिइन् मनकुमारी रोका । मनकुमारी रोका पूर्व जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई हालै सेवा निवृत्त भएकी रहेछन् । उनको बुझाइ फरक थियो । हिजोको भन्दा अहिलेको अवस्था फेरिएको छ । थवाङले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेल्यो ।

*****

मेरो रोजाइ र अध्ययनका अर्का पात्र थिए, अजय घर्ती । अजय जनयुद्धका घाइते र सहिद परिवारका सदस्य थिए । उनका बुबा स्व. तेजमान घर्तीलाई राज्यले निर्ममतापूर्वक हत्या घरेको रहेछ । विद्यार्थी मोर्चामा काम गरेका अजय आन्तरिक दुर्घटनामा परी घाइते भएका रहेछन् । अजयको घर माओवादीले संचालन गरेको सशस्त्रयुद्ध थालनीका वर्षहरूको केन्द्र रहेछ । माओवादीका शीर्ष नेताहरू प्रचण्ड, बादल, किरण र विप्लवहरूको मुख्य सेल्टर रहेछ, अजयको घर । जनयुद्धका उपलब्धिहरू संस्थागत नहुँदै गुमेकोमा चिन्ता गरेका अजयले नेकपाको सरकार प्रतिगामीको सरकार भएको आरोप लगाउन पछि परेनन् । यो सरकारले एकपछि अर्को गल्ती गर्दै गएकाले नेपालमा अर्को राजनीतिक क्रान्तिकोे आवश्यकता रहेको बताए । जनयुद्धले समाजमा सदियौँदेखि व्याप्त जन्म, मृत्यु र विवाहसम्बन्धी कुसंस्कारमा  सकारात्क र प्रगतिशील परिवर्तनहरू ल्याएको थियो । ती सकारात्मक परिवर्तनहरू हराउँदै गएको र समाज पुरानै अवस्थामा पुगेकोमा चिन्ता व्यक्त गरे ।

मेरो अध्ययन र छलफलमा सहभागी अर्का पात्र थिइन् मनकुमारी रोका । मनकुमारी रोका पूर्व जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भई हालै सेवा निवृत्त भएकी रहेछन् । उनको बुझाइ फरक थियो । हिजोको भन्दा अहिलेको अवस्था फेरिएको छ । थवाङले नेपालको राजनीतिक परिवर्तनमा ठूलो भूमिका खेल्यो । हामीहरू पनि जनयुद्धमा लामबद्ध भयौँ, गाउँको विकास र परिवर्तन होला भनेर तर केन्द्रले थवाङलाई हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकेन । गाउँका टाठाबाठाहरू घरमा छैनन् । सन्तोष बुढाको घर देखाउँदै मामालाई राज्यले २÷३ वटा मुद्दा लगाएको छ रे । उहाँले त यो घर हामीहरूलाई बेचेर गाउँ नै छाड्नु भयो । नेपाली सेनाबाट किन छिट्टै जागिर छाड्नुभयो भन्ने मेरो प्रश्नको जवाफमा रोकाले भनिन्– “जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएकालाई हेर्ने दृष्टिकोण विभेदकारी पाएँ, नोकरी अवधि पुग्यो छाडँे ।”

थवाङको समग्र पछिल्लो राजनीतिक घटनाक्रमको प्रत्यक्षभोगी थिए वीरबहादुर घर्ती । उनी थवाङ गाउँपालिकाका अध्यक्ष हुन् । जनमुक्ति सेनाका पूर्वब्रिगेड कमान्डरसमेत रहेका घर्तीले थवाङको पछिल्लो राजनीतिक संरचना र राजनीतिक घटनाक्रमको समेत खुलेरै कुरा गरे । उनले भने साविकका ३ वटा गाविस क्रमशः मिरुल, उवा र थवाङ मिलाएर थवाङ गाउँपालिका बनेको हो । यी गाउँपालिकामध्ये उवा र मिरुलमा पूर्व माओवादीको पकड भएको क्षेत्र हो । यो थवाङमा अहिले पनि ८० प्रतिशत मानिसहरू विप्लवप्रति नजिक छन् ।  घर्तीले आफू स्थानीय तहको निर्वाचनमा थवाङ गाउँपालिकाको अध्यक्ष भएपछि पहिलो गाउँसभा (२०७४) हुन लाग्दा विप्लवका कार्यकर्ताले अपहरण गरेको र सुरुका दिनहरू विकास निर्माणका कामहरू गर्न असहज भएको तितो अनुभव सुनाए । तर अहिले पहिलेको स्थिति नरहेको र विकास निर्माणमा सहकार्य हुने गरेको जानकारी गराए । उनको विचारमा जनयुद्धको जगमा भएको आन्दोलनले धेरै परिवर्तन गरेको तर हामीहरूले सोचेअनुसारको परिवर्तन नभएकोे, भएको परिवर्तनमा पनि जनता असन्तोष छन् । प्रशासनिक क्षेत्रबाट परिवर्तिनलाई आत्मसात् र सहयोग नगरेकाले जनप्रतिनिधिले मात्र  जनताका अपेक्षा पूरा गर्न नसकेको गुनासो पोखे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शिवराज पण्डित
डा. शिवराज पण्डित

अध्यक्ष, नेपाल बार एसोसिएसन जिल्ला अदालत बार एकाइ, प्युठान

लेखकबाट थप