शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

राप्रपा संयुक्तले उपनिर्वाचनका उम्मेदवार घोषणा गर्ने

मङ्गलबार, १९ कात्तिक २०७६, १० : ३९
मङ्गलबार, १९ कात्तिक २०७६

काठमाडौँ । राप्रपा संयुक्तले मंसिर १४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मङ्गलबार उम्मेदवार घोषणा गर्ने भएको छ ।

उम्मेदवार घोषणा गर्न सो पार्टीको उच्चस्तरीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको नेता राजाराम श्रेष्ठले जानकारी दिए । नेता श्रेष्ठका अनुसार दिउँसो ३ बजे पार्टी कार्यालय चावहिलमा बस्ने बैठकले कास्की, भक्तपुर, वाग्लुङ र दाङमा उम्मेदवार तय गर्नेछ । राप्रपा संयुक्तले कास्की २ को प्रतिनिधि सभासदस्य पदका लागि गंगा मल्ललाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

त्यस्तै भक्तपुरमा हुने प्रदेश सभा सदस्यका लागि रवीन्द्रप्रताप शाहलाई उम्मेदवार बनाउने र यो प्रदेशमा राप्रपाले राप्रपा संयुक्तलाई सघाउने सहमति भएको बुझिएको छ ।

भक्तपुरमा राप्रपा संयुक्तलाई सघाएवापत वागलुङमा राप्रपा संयुक्तले राप्रपाका उम्मेदवारलाई सघाउने मोटामोटी सहमति भएको बताइएकोक छ ।

दाङमा भने राप्रपा संयुक्तले एकल उम्मेदवार उठाउने वा गठबन्धन गर्ने भन्ने निर्णय भैनसकेको सो पार्टीले जनाएको छ । यसैवीच कार्तिक २७ गते सिरहाको मिर्चैयामा राप्रपा संयुक्तको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । उक्त बैठकमा कार्तिक २८ गतेबाट हुने धार्मिक यात्रा र उपनिर्वाचनका बारेमा छलफल हुने छ । राप्रपा संयुक्तले कार्तिक २८ बाट जनकपुरबाट सुरु गर्ने धार्मिक यात्रा मंसिर ४ गते लुम्बिनी पुगेर समापन गर्दैछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप