मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

ससुराली जाँदै गर्दा त्रियुगा नदीमा डुबेर बेपत्ता

मङ्गलबार, १९ कात्तिक २०७६, १२ : १६
मङ्गलबार, १९ कात्तिक २०७६

उदयपुर । खोटाङ घर भई उदयपुरस्थित ससुराली जाँदै गरेका एक जनालाई त्रियुगा नदीले बगाएको छ ।

४० वर्षीय सुवास विकलाई त्रियुगा नदीले बगाएको हो । उनी त्रियुगा नदीमा बेपत्ता भएका छन् ।

सोमबार राति पौने ८ बजेको समयमा खोटाङबाट उदयपुरको चौदण्डीगढी नगरपालिका–९ अजगढमा रहेको ससुराली घर जाँदै गर्दा बाटोमा पर्ने त्रियुगा नदी तर्ने क्रममा नदीमा डुबेर उनी बेपत्ता भएको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।

उनी बेपत्ता भएको स्थानमा स्थानीयवासीहरुको समेत सहयोगमा प्रहरीले खोजतलास गरिरहेको उक्त कार्यालयले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप