बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण : उपाध्यक्ष कँडेल

मङ्गलबार, १९ कात्तिक २०७६, १३ : ५०
मङ्गलबार, १९ कात्तिक २०७६

काठमााडौं– राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.पुष्पराज कँडेलले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

उपाध्यक्ष कँडेलले खाद्यान्न उत्पादनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको निजी क्षेत्रले पोषणयुक्त खाद्यान्नको व्यवस्थापनमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास व्यक्त गरेका हुन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो विकासोन्मुख देशहरुले खाद्यन्न प्रणालीमा सुधार गरेर पनि पोषणमुक्त खाद्यन्नको व्यवस्थापन गर्न सक्ने पनि स्पष्ट पारे ।  त्यसका लागि जनतामा चेतना जागृत गराउन लाग्नुपर्नेमा पनि उनको जोड छ ।

उपाध्यक्ष कँडेलले निजी क्षेत्रले पोषणयुक्त खाद्यन्न व्यवस्थापनका लागि सामाजिक उत्तरदायित्व अन्तरगतको कोष परिचालन गर्न सक्ने पनि स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप