बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्डद्वारा जनकपुरका बाढी पीडितलाई राहत बितरण

बिहीबार, ०१ भदौ २०७४, १७ : ५२
बिहीबार, ०१ भदौ २०७४

जनकपुर – पूर्व प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनकपुर उपमहानगरपालिका वडा नं.–१८ भोयलका २०० बाढी पीडित परिवारलाई राहत सामग्री बितरण गरेका छन् । 


बिहीबार बिहान नेता मातृका यादवका साथमा जनकपुर पुगेका अध्यक्ष प्रचण्डले २०० बाढी पीडित परिवारलाई चामल, दाल, तेल, नुन, चिनी, चाउचाउ, बिस्कुट लगायतका खाद्य सामग्री राहतस्वरुप बितरण गरेका हुन् । 


राहत बितरण गर्दै अध्यक्ष प्रचण्डले नेपालीलाई दुख्दा सिङ्गो देश एक ढिक्का भएको बताउँदै बाढी पीडितको दुखमा साथ दिन आफू जनकपुर आएको बताए । 


उनले भने, ‘हिजो पहाडमा भूकम्प आउँदा तराई मधेशले दिल खोलेर सहयोग गर्याे। अहिले मधेशमा बाढी आएको छ, मधेश दुखेको छ । त्यस्तो बेला पहाडका बेला तपाईहरुलाई दिल खोलेर सहयोग गर्न आतुर छन् । अहिले सिङ्गो देश तपाईहरुको पीडाको साथमा छ । सरकार र पार्टीको तर्फबाट तपाईहरुको दुखमा मल्हम लगाउन हरदम तयार छ । राहत र पुनर्स्थापनाका सत्ता पक्ष, प्रतिपक्ष नभनी काम गर्न सबै पार्टीलाई आब्हान गर्दछु ।’


कार्यक्रममा माओवादी केन्द्रका नेताहरु मातृका यादव, विश्वनाथ साह, श्रवणकुमार यादव लगायतका नेताहरु उपस्थित थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप