शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश ५ को राजधानीमा दाङको सम्भावना धेरै छ : अध्यक्ष प्रचण्ड

बुधबार, २० कात्तिक २०७६, १० : ०९
बुधबार, २० कात्तिक २०७६

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश ५ को राजधानी दाङ हुनसक्ने सम्भावना रहेको बताएका छन् । 

प्रेस सङ्गठन दाङले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक आन्दोलन र परिवर्तनमा दाङको भूमिका अग्रणी रहेकोे छ । यही कुरालाई मध्यनजर गर्दै प्रदेश ५ को राजधानी दाङ उपयुक्त हुने ठहर गर्दै दाङलाई नै प्रदेश ५ को राजधानी बना पहल गर्ने तयारीमा छौँ ।’

उनले दाङको पूर्वाधार निर्माणमा पनि वृद्धि भएको बताए । मुलुकका हरेक आन्दोलनमा दाङले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको भन्दै अध्यक्ष प्रचण्डले भने, ‘यो परिवर्तनको एउटा अग्रणी भूमिका निर्वाह गरेको जिल्ला र प्रदेश भएको नाताले आउने दिनमा यो प्रदेशको केन्द्र निर्माणमा पनि दाङ जिल्ला एउटा महत्त्वपूर्ण जिल्लाको रुपमा उभिएर आउने बताए  ।

मुलुकका तीन वटै सरकारले विकास र समृद्धिको यात्रालाई अगाडि बढाइरहेको भन्दै अध्यक्ष प्रचण्डले प्रदेशको राजधानी टुङ्गो लागिसकेपछि विकास प्रक्रियाले अझ बढी गति लिने बताए । ‘दाङ जिल्लाले खेल्ने भूमिका प्रदेशस्तरमा मात्र होइन, राष्ट्रिय स्तरमा पनि महत्त्वपूर्ण भएर आउँछ भन्ने विश्वास छ र हाम्रो तर्फबाट त्यो कोसिस भइनैराखेको छ’, अध्यक्ष प्रचण्डले भने, ‘सरकारका कार्यक्रम गाउँगाउँसम्म लैजानतर्फ सबै लाग्नुपर्दछ । दाङ पुग्दा आफूलाई न्यायो अनुभूति हुने गरेको भन्दै अध्यक्ष प्रचण्डले विकासमा दाङले फड्को मारेकोमा प्रसन्नता व्यक्त गरे ।

उपनिर्वाचनतिर सरकारको ध्यान गएको भन्दै अध्यक्ष प्रचण्डले चुनाव सफल बनाउन सबै लाग्नुपर्ने बताए । ‘उपनिर्वाचनतिर यतिबेला सरकार केन्द्रित छ’, अध्यक्ष प्रचण्डले भने, ‘सबै मिलेर यसलाई सफल बनाउनुपर्छ ।’

प्रदेश प्रमुखको बर्खास्ती र नियुक्तिलाई लिएर अनेक क्रिया–प्रतिक्रिया उब्जिरहेका बेला अध्यक्ष प्रचण्डले यसलाई स्वभाविक प्रक्रिया भएको टिप्पणी गरेका छन् । प्रचण्ड हिजो पाँच नम्बर प्रदेशमा आएका हुन् । । हिजो बाँके कार्यक्रममा बसेको प्रचण्ड आज दाङमा आएका छन् । प्रचण्डसँगै पाँच नम्वर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल पनि दाङमा सहभगी भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप