शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘पती पत्नी और वो’ को रिमेकको ट्रेलरमा किन तेर्सिदैछन् प्रश्न ?

बुधबार, २० कात्तिक २०७६, ११ : ४२
बुधबार, २० कात्तिक २०७६

श्रीमान्–श्रीमती र उनीहरुको जीवनमा कुनै तेस्रो व्यक्तिको इन्ट्रिबारे बलिउडमा थुप्रै फिल्म बनेका छन् । यो एउटा यस्तो विषय हो जसलाई मानिसहरुले पर्दामा हेर्न रुचाउने बताइन्छ ।

यसै मसलाले भरिपूर्ण अर्को एउटा फिल्म बलिउडमा रिलिजको तयारीमा छ । फिल्मको नाम हो – ‘पति, पत्नी और वो’ । यो फिल्म सन् १९७८ मा यसै नामबाट बनेको फिल्मको रिमेक भएको बताइन्छ ।

Photo: KARTIK AARYAN/FACEBOOK

यो नयाँ फिल्मको चर्चा यसको ट्रेलरमा समावेश एक डायलगका कारण भइरहेको छ । सोमबार रिलिज गरिएको फिल्मको ट्रेलरमा एउटा डायलगमाथि मानिसहरुले प्रश्न उठाइरहेका छन् ।

सुरुमा तपाईंलाई उक्त डायलग बारे जानकारी दिन्छौं । फिल्ममा चिन्टु त्यागी बनेका मुख्य नायक कार्तिक आर्यन आफ्ना साथी अपारशक्ति खुरानासँग भनिरहेका छन्, ‘श्रीमतीसँग सेक्स माग्दा हामी भिखारी, श्रीमतीसँग सेक्स गर्न नमान्दा हामी अत्याचारी र केही तरिका अपनाएर उनीसँग सेक्स गरे बलात्कारी पनि हामी नै ।’

सोसल मिडियामा मानिसहरु यो डायलगलाई वैवाहिक बलात्कारसँग जोडेर हेरिरहेका छन् । साथै बलात्कारजस्तो अपराधलाई निकै हल्का ढङ्गमा प्रस्तुत गरेको पनि आरोप लगाइरहेका छन् ।

Photo: MOVIE TRAILER SCREEN FRAB

फिल्मको यो डायलयमा सोसल मिडियामा प्रतिक्रियाः

हरनीत सिंह लेख्छन्, ‘बलिउड, वैवाहिक बलात्कारलाई तपाईंले यसरी साधारण बनाउने कोसिस नगर्नुहोस् । वैवाहिक बलात्कार हँसाउने विषय होइन । यो निकै लज्जाको कुरा हो ।’

सौम्या लेख्छिन्, ‘वैवाहिक बलात्कारमा चुट्किला बनाउनु निकै साधारण भइसकेको छ । यस्ता विषयलाई यसरी चित्रित गरिँदा मान्छेहरुले रमाइलो मानिरहेको देख्दा मलाई अचम्म लाग्दैन ।’

श्रीमी वर्मा लेख्छिन्, ‘म कार्तिक आर्यनको फिल्मबाट अरु कुराको आश पनि गर्दिनँ । तर यो निकै निराशाजनक हो ।’

@Blast_Famous लेख्छिन्, ‘यस्तो लाग्छ कि यो फिल्म ८० को दशकमा लेखिएको हो र ९० को दशकमा यसलाई बनाइएको छ । र अहिले रिलिज गरिँदैछ । आजकाल कमेडीको नाममा के के पस्किइँदैछ ?’

यद्यपि, केही मानिसहरुलाई यो ट्रेलर निकै मन परेको छ र उनीहरुले यसको तारिफमा पनि ट्वीट गरेका छन् ।

शुभमले लेखे, ‘जतिसुकै बोलेपनि । महिला नै यो हेर्न दौडिएर जानेछन् र उसैलाई भन्नेछन् कति ‘क्यूट’ ।’

कुनिका अग्रवाल लेख्छिन्, ‘मलाई ट्रेलर निकै मन परेको छ । तर अनन्या पाण्डे बच्चाजस्तै देखिएकी छिन् ।’

‘सेक्सिस्ट फिल्म होइन’

पति पत्नी और वो डिसेम्बर ६ मा रिलिज हुनेछ । फिल्ममा कार्तिक चिन्टु त्यागीको भूमिकामा देखिनेछन् जबकी उनकी श्रीमतीको भूमिका भूमि पेडनेकरले गरेकी छिन् अनन्या पाण्डेले तेस्रो व्यक्तिको भूमिका निभाएकी छिन् । कार्तिक–भूमि र अनन्याले स्क्रिन सेयर गरेको यो पहिलो पटक हो ।

Photo: ANANYA PANDEY/ TWITTER

फिल्मबारे कुरा गर्दै भूमि पेडनेकरले यो कुनै सेक्सिस्ट फिल्म नभएको बताउँदै यसमार्फत् लैङ्गिक समानताको कुरा अघि बढाउने कोसिस गरिएको जानकारी दिइन् ।

मिडियासँगको कुराकानीमा उनले भनेकी थिइन्, ‘मैले जब फिल्मको स्क्रिप्ट पढेँ तब मेरो दिमागमा जतिपनि प्रश्न थिए ती सबै सिद्धिए । मैले पहिले नै भनिसकेको छु कि यो फिल्म निकै रमाइलो छ, यसमा परिस्थिती अनुसार कमेडी सीन छ । यसका साथै यो फिल्म महिला पुरुष दुबैलाई बराबरी व्यवहार गर्नुपर्ने कुरा बताउँछ ।’

Photo: BHUMI PEDNEKAR/ FACEBOOK

उनले भनिन्, ‘फिल्मका निर्माताले फिल्म सेक्सिस्ट नबनोस् भनेर अत्यधिक ध्यान दिएका छन् । यो फिल्मसँग जोडिएका हरेक व्यक्तिले यो कुरामा ध्यान दिएका छन् । यही कुरा मलाई यो फिल्ममा सबैभन्दा विशेष लाग्यो ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप