शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय आचारसंहिता विपरित छैन: निर्वाचन आयोग

बुधबार, २० कात्तिक २०७६, १५ : ४३
बुधबार, २० कात्तिक २०७६

काठमाडौं– निर्वाचन आयोगले प्रदेश प्रमुखहरुलाई पदमुक्त गर्ने र नयाँ प्रदेश प्रमुख नियुक्त गर्ने सरकारको निर्णय निर्वाचन आचारसंहिता विपरित नरहेको स्पष्ट पारेको छ । निर्वाचन आयुक्त ईश्वरी पौडेलले प्रदेश प्रमुखहरुको पदमुक्ति र नयाँ नियुक्ति तथा मन्त्रीमण्डल पुनर्गठन गर्न नपाइने भनेर निर्वाचन आचार संहितामा उल्लेख नगरिएकाले त्यसमा निर्वाचन आचारसंहिता नलाग्ने प्रष्टयाएका हुन् । 

‘सरकारले मन्त्रीमण्डल पुनर्गठन गर्ने वा नयाँ प्रदेश प्र्रमुख नियुक्त गर्न नपाइने भनेर निर्वाचन आचार संहिताको कुनै पनि बूँदामा उल्लेख गरिएको छैन, बुधबार काठमाडौंमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा निर्वाचन आयुक्त पौडेलले भने, ‘त्यसकारण यी विषयमा आयोगले निर्वाचन आचारसंहिता उल्लंघन भयो भनेर भन्न मिल्दैन ।’ उनले निर्वाचन आयोगले यस विषयलाई गम्भिर रुपमा लिएको पनि बताए ।

सरकारले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्ति निर्वाचन आचारसंहिता विपरित गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले आपत्ति जनाउँदै आएको छ । तर निर्वाचन आयोगले भने आचारसंहिताको कुनै पनि बूँदामा ती विषय उल्लेख नभएकाले प्रदेश प्रमुखहरुको बर्खास्ती र नयाँ नियुक्त गर्ने सरकारको कामबाट निर्वाचन आचारसंहिता उलंघन भयो भनेर भन्न नमिल्ने जनाएको छ ।

निर्वाचन आयुक्त पौडेलले निर्वाचन आचारसंहिता उलंघन गर्ने राजनीतिक दल वा उम्मेदवारलाई कानुन बमोजिम कार्वाही गर्ने अधिकार सम्बन्धित जिल्लाका मुख्य निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई दिइएको पनि स्मरण गराए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप