केन्द्रीय संस्करण

सात समुद्र पारी मनाइयो महापर्व छठ

person explore access_timeकात्तिक २०, २०७६ chat_bubble_outline0

अमेरिका– सात समुद्र पारी अमेरिकामा लोक आस्थाको महापर्व छठ मनाइएको छ । 

यो लोकपर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेशी संस्कृतिलाई विश्व सामु चिनाउन न्यूयोर्क अल्बानी मधेशी समाज, अमेरिकाका मधेशी युवाहरू द्वारा न्युयोर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा यस पर्वको छठ आयोजन गरेका थिए । 

“नहाय खाय” बाट शुरु भएको पर्व ४ दिनसम्म बिभिन्न पूजाआजा गरेर मनाइयो। २ नोवेम्बर का दिन “सँझिया घाट”मा अस्ताउँदो सूर्यलाई र ३ नोवेम्बेर बिहान उदाउँदैगरेको सूर्यलाई अर्घ्य दिएर छट सम्पन्न गरिएको छ ।

अमेरिका, नेपाल, भारत , बंगलादेश, पाकिस्तान  लगायत  विश्वभरि  छठ पर्वमा  आस्था राख्ने श्रद्धालुहरुको बाक्लो उपस्थिति रहेको थियो। 

करीब २०० जनाले  सूर्य भगवानको दर्शन गरेका थिए । विश्वमा नेपाली मधेसी संस्कृति र कला पहिचानको संवर्धनका लागि न्यूयोर्क अल्बानी मधेशी समाज र छठ पर्व का संजोयक प्रशान्त साहको अगुवाईमा ५१ सदस्यीय कमिटी बनाइएको थियो। 

विभिन्न कार्यक्रममार्फत नेपाली मधेशी सँस्कृतिलाई विश्व सामु चिनाउन अग्रसर हुने साथै नेपाल मधेशमा हर संभव सहयोगको प्रतिबद्धताका लागि न्यूयोर्क अल्बानी मधेशी समाज अमेरिकाको संधै साथ रही रहने विजय चंद्रले जानकारी गराएका छन् ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.