बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

खर्च कस्दै निगमः अधिक खर्चका कारण आलोचित बनिरहने नेपाल वायुसेवाको वचतको रणनीति

बिहीबार, २१ कात्तिक २०७६, ०६ : ४३
बिहीबार, २१ कात्तिक २०७६

अधिक खर्च र अव्यवस्थाका कारण प्रायः आलोचित बनिरहने राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले खर्च कटौतीसहित वचतको रणनीति अगाडि सारेको छ । 

निगमका कार्यकारी अध्यक्ष मदन खरेलले बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै खर्च कटौतीका क्षेत्र पहिचान गरी सुधारको प्रयास बढाइएको जानकारी दिए । 

निगमले तत्काल इन्धन, अधिक उडान खर्च, होटल व्यवस्थापन, इन्जिनियरिङ र कर्पोरेट सुरक्षा विभागजस्ता क्षेत्रमा खर्च बचत गर्नेगरी योजना बनाइसकेको उनले बताए ।

निगमले इन्धन भण्डारण र अनावश्यक प्रयोगमा मात्रै करिब एक अर्ब रुपियाँ अहिलेको खर्चमा कम गर्न सकिने लक्ष्य राखेको छ । त्यस्तै अधिक उडान खर्च शीर्षकमा दुई करोड, त्यस्तै उडान कर्मचारीलाई राखिने होटल व्यवस्थापनको खर्चमा करिब दुई करोड, इन्जिनियरिङतर्फ करिब ११ करोड र कर्पोरेट सुरक्षातर्फ वार्षिक करिब ५६ लाख रुपियाँ खर्च कम गर्ने लक्ष्य निगमले निर्धारण गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप