दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा नेकपा र काँग्रेस उम्मेदवारले गराए मनोनयन दर्ता
बुटवल । दाङ क्षेत्र नम्बर ३ ‘ख’ मा हुन लागेको प्रदेससभा सदस्यको उपनिर्वाचनका लागि दलहरुले मनोनयन दर्ता गराएका छन् ।
नेकपा उम्मेदवार विमला वली र नेपाली कांग्रेसका केशव शर्मा आचार्यले मनोनयनपत्र दर्ता गराएका छन् ।
वलीको मनोनयन दर्ता कार्यक्रममा नेकपा प्रदेश इन्चार्ज शंकर पोखरेल, प्रदेश अध्यक्ष ओनसरी घर्ति, राष्ट्रियसभा सदस्य कोमल वलीलगायत नेताहरु नेता तथा कार्यकर्ता सहभागी थिए ।
जुलुस सहित निर्वाचन अधिकृतको कार्यालय पुगी मनोनयन दर्ता गराइएको हो । ओलीको प्रस्तावकमा सोभाराम बस्नेत र समर्थकमा एम।एन। शाह रहेका छन् ।
यस्तै नेपाली काँग्रेस उम्मेदवार आचार्यको प्रस्तावकमा कांग्रेस जिल्ला सचिव शंकर डाँगी र समर्थकमा क्षेत्रीय सभापति जगत बहादुर खड्का रहेका छन् ।
घोराहीस्थित कांग्रेसको पार्टी कार्यालयबाट पार्टीका नेता कार्यकर्ताहरुको र्याली सहिद गेट हुँदै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराइएको थियो ।
दाङ क्षेत्रनम्बर ३ ‘ख’बाट प्रदेशसभामा निर्वाचित नेकपाका उत्तर कुमार ओलीको निधन भएपछि सो क्षेत्रमा १४ मंसिरमा उपनिर्वाचन हुन लागेको हो । अन्य साना दलहरुले पनि उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए शर्माले
-
शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्न आग्रह
-
लुम्बिनीका नवनियुक्त मन्त्रीहरूले गरे पदभार ग्रहण
-
पहिलोपटक मन्त्रीबाट बर्खास्ती, पुनः मन्त्री हुँदै मुख्यमन्त्रीसम्म सोडारी
-
सत्ता राजनीतिले तीन वटा प्रदेशमा किचलो, आज के–के छन् शीर्ष १० समाचार ?
-
रिहा भए एन्फा उपाध्यक्ष दावा लामा