शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चोभारबाट पेस्तोलसहित ३ जना पक्राउ

बिहीबार, २१ कात्तिक २०७६, १५ : ३१
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं । चोभारबाट प्रहरीले लुटेरा समूहका तीन जनालाई पेस्तोलसहित पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मनोज बस्नेत, देवेन्द्र भण्डारी र सुमन खड्का रहेका छन् ।

उनीहरूको साथबाट अमेरिकी ब्राण्डको पेस्तोल एक थान र त्यसमा लाग्ने ५ थान गोली समेत बरामद भएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

शंकास्पद लागेपछि सोधपुछ गर्ने क्रममा पेस्तोलसहित तीन जनालाई पक्राउ गरिएको एसएसपी थापाले पुष्टि गरे । एसएसपी थापाका अनुसार उनीहरुबाट एउटा बा१७च ८३६४ नम्बरको निजी कार र केही परिमाणमा लागूऔषधसमेत बरामद गरिएको छ । 

उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप