शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटमा एमसीसीको विशाल अग्रता

बिहीबार, २१ कात्तिक २०७६, १७ : ५८
बिहीबार, २१ कात्तिक २०७६

काठमाडौं । नेपालविरुद्धको तीन दिवसीय प्रथम श्रेणीको क्रिकेटमा मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) ले तीन सय २ रनको फराकिलो अग्रता लिएको छ । 

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाललाई सस्तैमा समेटेर दोस्रो इनिङ थालेको एमसीसीले दोस्रो दिनको खेल सकिदा २१ ओभरमा २ विकेट गुमाएर ९१ रन जोडेको छ । योसँगै एमसीसीले नेपालविरुद्ध तीन  सय २ रनको फराकिलो अग्रता बनाएको छ ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एमसीसीले पहिलो इनिङमा १०१.५ ओभरमा अलआउट हुँदै तीन सय ६४ रन बनाएको थियो । पहिलो दिन ८७ ओभरमा ६ विकेट गुमाएर तीन  सय ११ रन बनाएको एमसीसीले दोस्रो दिन बिहिबार ५३ रन जोड्दा बाँकि ४ विकेट गुमाएको थियो ।

एमसीसीका लागि चार खेलाडीले अर्धशतक बनाए । एमसीसीका विल रोड्स ७३ र विल भान्डेर्सपारले ५३ रनको र्धशतकीय इनिङ खेले । मिल्स हाम्मोन्डले पनि ५२ रन बनाए । यासिर अराफाट ६५ रनमा अविजित रहे । टम वेस्ट्लीले ३९ रन जोड्दा एलेक्स थोम्पसनले ३० रन बनाए । 
नेपालका सन्दीप लामिछाने र करण केसीले तीन तीन विकेट लिए । सोमपाल कामी र शरद भेषवाकरले समान दुई विकेट लिए । पहिलो इनिङमा नेपाल ४४.४ ओभरमा एकसय ५३ रन जअलआउट भएको थियो । नेपाल फलो अनमा परेको थियो । तर, एमसीसीले नेपाललाई फलो अन नदिई  ब्याटिङ गरेको थियो ।

खराब ब्याटिङ गरेको नेपालले  नेपालले ३१ रन जोड्दा पाँच विकेट गुमाएको थियो । नेपालका विनोद भण्डारी र सोमपाल कामीले अर्धशतकीय साझेदारी गर्दै नेपालको इनिङ उकासेका थिए ।

 विनोदले ३६ रन बनाए भने सोमपाल २६ रनमा आउट भए । त्यसपछि आएका सन्दीप लामिछानेले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ३९ रन बनाएका थिए ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप