नेपाल म्यानमारसँग ३–० ले पराजित
बिहीबार, २१ कात्तिक २०७६, १८ : ४७
काठमाडौं। मैत्रीपूर्ण फूटबल खेलमा नेपाल म्यानमारसँग पराजित भएको छ । म्यानमारमा बिहीबार भएको खेलमा नेपाल म्यानमारसँग ३–० गोलले पराजित भएको हो ।
नेपालले पहिलो हाफमा दुई र दोस्रो हाफमा एक गोल खाएको थियो । नेपाल म्यानमारसँग ३–० गोलको समान स्कोरले पराजित भएको यो दोस्रो पटक हो । यसअघि सन् २००८ मा खेलिएको एएफसी च्यालेन्च कपमा पनि नेपालले म्यानमारसँग ३–० गोलकै हार खेपेको थियो ।
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकप छनोट अन्तर्गत एसियाली राष्ट्रको दोस्रो चरणको छनोट खेलको तयारी स्वरुप नेपालले म्यानमारसँग मैत्रीपूर्ण खेल खेलेको हो । नेपालले कुवेतसँग मंसिर ३ गते विश्वकप छनोटको खेल खेल्नेछ । नेपाल पहिलो खेलमा यसअघि कुवेतमा भएको खेलमा नेपाल कुवेतसँग ७–० गोलले पराजित भईसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै