बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

म्यानचेस्टर युनाइटेड युरोपा लिगको नकआउट चरणमा

शुक्रबार, २२ कात्तिक २०७६, ०९ : २१
शुक्रबार, २२ कात्तिक २०७६

इङ्लिस क्लब म्यानचेस्टर युरोपा लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । बिहिबार राति भएको समूह ‘एल’ को खेलमा सर्वियन क्लब पार्टीजान बेलग्रेडलाई ३–० गोलले हराउँदै युनाइटेडले नकआउच चरणमा स्थान बनाएको हो ।

घरेलु मैदानमा युनाइटेडलाई  दिलाउन युवा फरवार्ड मेसन ग्रीनवुडले २२औं, एन्थोनी मार्सियलले ३३औं र मार्कुस रासफोर्डले ४९औं मिनेटमा गोल गरे । जितसँगै युनाइटेडले चार खेलबाट १० अंक बनाएको छ । युनाइटेड समूहको शीर्ष स्थानमा छ । दुई खेल अगावै नकआउच चरणमा पुगेको युनाइटेडले अब एस्ताना र एजे अल्कामारसँग खेल्न बाँकी छ । चार अंक बनाएको बेलग्रेड तेस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा एजे अल्कामारले एफसी एस्तानालाई उसकै मैदानमा ५–० गोलले हराएको छ । यस जितसँगै आठ अंक बनाएको अल्कामारले पनि छनोट सम्भावना बलियो बनाएको छ । अंक बिहिन अस्ताना अन्तिममा छ ।

यसैगरी समूह ‘एच’ को खेलमा स्पेनिस क्लब इस्पान्योलले बुल्गेरियन क्लब लुडोगोरेट्स राजग्राडमाथि गोलको वर्षा गरेको छ । घरेलु मैदानमा इस्पान्योलले लुडोगोरेट्सलाई ६–० गोलले हरायो । १० खेलाडीमा समेटिएको लुडोगोरेट्सविरुद्ध इस्पान्योलले दुवै हाफमा तीन तीन गोल गरेको थियो ।

इस्पान्योनका लागि ओस्कार मेलेन्दो, लुइस लोपेज, माटियस भर्गास, भिक्टर, एडरिया पेडरोसा र फकुन्डो फेरेराले गोल गरे । जितसँगै समूहको शीर्ष स्थानमा रहेको इस्पान्योले चार खेलबाट १० अंक बनाएको छ । ६ अंक बनाएको लुडोगोरेट्स दोस्रो स्थानमा छ । यही समूहको अर्काे खेलमा हंगेरियन क्लब फेरेन्कभारोस र रसियन क्लब सिएसकेए मस्कोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै पाँच अंक बनाएको फेरेन्कभारोस तेस्रो स्थानमा छ । अंकविहिन मस्को अन्तिममा छ ।

यसैगरी समूह ‘जे’ को खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाचले इटालियन क्लब एस रोमालाई २–१ गोलले हराएको छ । बोरुसियाले ३५औं मिनेटमा आत्मघाती गोलबाट अग्रता लिएको थियो । फेडरिको फाजियाले आफ्नै पोस्टमा गोल गरेका थिए । ६४औं मिनेटमा फेडरिकाले आफै गोल गर्दै खेललाई बराबरीमा ल्याए । त्यसपछि इन्जुरी समयमा मार्कुस थोरामले गोल गर्दै बोरुसियालाई जिताए । जितसँगै पाँच अंक बनाएको बोरुसिया दोस्रो स्थानमा छ । पाँचनै अंक बनाएको रोमा पनि तेस्रो स्थानमा छ ।

यही समूहको अर्काे खेलमा टर्किस क्लब इस्तानुवुल बासकसेहिरले अष्ट्रियन क्लब वल्सबर्गरलाई  ३–० गोलले हरायो । जितसँगै सात अंक बनाएको इस्तानुबुलको शीर्ष स्थानमा छ । चार अंक बनाएको वल्सबर्गर अन्तिममा छ । यस समूहमा सवै टोलीले दुई दुई खेल खेल्न बाँकी रहेकोले सबैको छनोट सम्भावना जिवित छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप