शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सुन र हिराबाट बनेको ट्वाइलेट, जसमा ‘बुलेट प्रुफ’ सिसा जडान गरिएको छ

शुक्रबार, २२ कात्तिक २०७६, १० : ०२
शुक्रबार, २२ कात्तिक २०७६

चीनका राष्ट्रपति सि जिङ पिङद्वारा उद्घाटन गरिएको दोस्रो अन्तर्राष्ट्रिय आयात एक्स्पोमा सुनको ट्वाइलेट प्रर्दशनमा राखिएको छ । जसमा ४०८१५ वटा हिरा जडान गरिएको छ । भने उक्त ट्वाइलेटलाई हङकङको अरोन शुम ज्वेलरी फर्मका कोरोनेटले डिजाइन गरिएको हो ।

ट्वाइलेटको सिटमा हिरा जडान गरिएको छ । भने सिटमा बुलेट प्रुफ सिसा राखिएको छ । ४०८१५ वटा हिराको तौल ३३३.६८ क्यारेट रहेको छ । 

गहना फर्मका अनुसार ट्वाइलेटमा सबैभन्दा धेरै हिरा जडान गर्ने योजना रहेको छ । र, उक्त ट्वाइलेटलाई गिनी वल्र्ड रेकर्डमा दर्ता गर्ने योजना पनि रहेको छ । 

४०० क्यारेट हिराको गितार
उक्त एक्स्पोमा हिरा जडित गितार पनि राखिएको छ । गितारको तौल ४०० क्यारेट रहेको छ भने उक्त गितारको मूल्य १४ करोड भन्दा बढी रहेको छ । यसैगरी, एक्स्पोमा हिराजडित जुत्ता पनि राखिएको छ । जुत्ताको मूल्य ३० करोड रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप