शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

फाउन्डेसनको रकम दुरुपयोग गरेको भन्दै ट्रम्पलाई दुई मिलियन डलर तिर्न आदेश

शुक्रबार, २२ कात्तिक २०७६, १० : १०
शुक्रबार, २२ कात्तिक २०७६

एजेन्सी । सन् २०१६ को चुनावी अभियानका दैरान आफ्नो च्यारिटीबाट रकम दुरुपयोग गरेको भन्दै न्यूयोर्कका एक न्यायाधीशले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २ मिलियन डलर रकम तिर्न आदेश दिएकी छिन् ।

ट्रम्पको व्यक्तिगत चासोमा ‘चेकबुक’ मात्रको काम गरेको आरोप लागेपछि डोनाल्ड जे ट्रम्प फाउन्डेसन सन् २०१८ मा बन्द भएको थियो ।

न्यायाधीशले ट्रम्प र उनका तीन सन्तानले सञ्चालन गरेको च्यारिटी राजनीतिमा संलग्न हुन नपाउने निर्देशन पनि न्यायाधीशले दिएकी छन् ।

न्यायाधीश स्यालिनान स्कार्पुलाले सो रकम स्वयम् ट्रम्पले तिनुपर्ने आदेशमा उल्लेख गरेकी छिुन् । ‘फाउन्डेसन अस्तित्वमा भएको भए त्यहाँ जाने २ मिलियन डरल ट्रम्पलाई तिर्न आदेश दिन्छु,’ स्कार्पुलाले फैसलामा भनेकी छिन् ।

उनले सो रकम ट्रम्पसँग सम्बन्धित नरहेका आठ च्यारिटीमा जानुपर्ने बताएकी छिन् ।

यता, ट्रम्पका वकिलहरुले उक्त मुद्दा राजनीतिक प्रतिशोधका साथ आएको र डेमोक्राटिक पार्टीमाथि आरोप लगाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप