बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बालबालिकाको आखाँको क्यान्सरको उपचारमा लक्ष्मी बैंकले सहयोग गर्ने

शुक्रबार, २२ कात्तिक २०७६, १३ : १६
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं– लक्ष्मी बैंक र तिलगङ्गा आँखा अस्पतालबीच बालबालिकामा हुने आँखाको क्यान्सरको पहिचान र उपचारकालागि सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । 

बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाह तथा अस्पतालकी प्रमुख कार्यकारी अधिकृत रिता गुरुङ्गले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । 

सो सम्झौता अनुसार बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक रुपले विपन्न पृष्ठभुमिका बालबालिकाहरुको आखाँको क्यान्सर (रटिनोब्लाष्टोमा)को पहिचान र उपचारका लागि रु ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गर्नेछ ।

रटिनोब्लाष्टोमा आँखाको पर्दा रेटिनामा हुने एक प्रकारको खतरनाक क्यान्सर हो जुन सामान्यतया नवजात शिशु र पाँच वर्षसम्मका बालबालिकामा देखा पर्दछ । विश्वभर १५००० नवजात शिशुमध्ये १ मा यो रोग देखा पर्ने गरेको तथ्यांक छ । 

यो रोग समयमा पत्ता लागेमा ज्यान मात्र होइन आँखा र दृष्टि पनि बचाउन सकिने प्रविधिहरुको विकास भएको छ । नेपालमा तिलगंगा आँखा अस्पतालले केमोथेरापि, लेजर थेरापि, प्लेग ब्राकिथेरापि, शल्यक्रियालगायतका प्रविधिहरुबाट यो रोगको उपचार सुरु गरेको छ ।

सुस्वास्थ्य सम्बन्धी दिगो विकास लक्ष्य प्राप्तिमा सहयोग पु¥याउने उद्देश्यसहित बैंकले बालबालिकाको आँखाको क्यान्सरको उपचारकालागि यो आर्थिक सहयोग उपलब्ध गराएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप