शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बाइक तथा गाडीको पछिल्लो मूल्य सार्वजनिक, कुनको कति पर्छ ?

शुक्रबार, २२ कात्तिक २०७६, १७ : ०९
शुक्रबार, २२ कात्तिक २०७६

सवारी तथा ढुवानी आयातकर्ता कम्पनीले नेपालमा भित्रिने सवारी साधनको मूल्य सार्वजनिक गरेका छन् । नाडा अटोमोबाइल्स एसोसिएसनले शुक्रबार एक सूचना जारी गर्दै सवारी साधनको अधिकतम मूल्य सार्वजनिक गरेको हो । 

सार्वजनिक मूल्यभन्दा एक पैसा पनि ग्राहकसँग लिन नपाइने नाडा अटोमोबाइल्स एसोसिएसनका उपाध्यक्ष कृष्ण दुलालले जनाए । उनका अनुसार बरु डिस्काउन्टमा केही मूल्य घट्न सक्छ तर बढ्न सक्तैन ।

पूजा इन्टरनेसनल नेपाल, ओम्नी मोटर्स प्रालि, एमएडब्लू इन्टरप्राइजेज, स्याकार ट्रेडिङ कम्पनी, युनाइटेड ट्रोडर्स सिन्डिकेट प्रालि, भीजी अटोमोबाइल्स प्रालि, जगदम्बा मोटर्स प्रालि, रमन मोटर्स प्रालि, अग्नि मोटो इन्क प्रालि, केटीएम इन्टरनेसनल लगायतले सवारी साधनको खरिद र बिक्री मूल्य सार्वजनिक गरेका छन् । सवारी साधन आयातकर्ताले भन्सार विन्दुमै एमआरपी उल्लेख गर्नुपर्ने प्रावधान छ । 

कात्तिक २२ गते तोकिएको मूल्य अनुसार कुन ब्रान्डको कुन सवारीलाई कति पर्छ ?

महिन्द्रा ब्रान्डको बाइक तथा स्कुटर

महिन्द्रा सेन्टुरो रकस्टार ११० सीसीको अधिकतम बिक्री मूल्य १ लाख ६३ हजार ५ सय रुपैयाँ र महिन्द्रा सेन्टुरो डिस्कब्रेकको १ लाख ७५ हजार रुपैयाँ तोकिएको छ ।  यस्तै महिन्द्रा मोजो ३०० सीसीको ५ लाख ८० हजार रुपैयाँ र महिन्द्रा गुस्टो आरएस स्कुटर ११० सीसीको १ लाख ८२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

महिन्द्रा गुस्टो भीएसक्स ११० सीसीको १ लाख ८६ हजार ५ सय रुपैयाँ, महिन्द्रा गुस्टो भीएक्स १२५ सीसीको मूल्य २ लाख ६ हजार ५ सय रुपैयाँ तोकिएको छ । महिन्द्रा भारतीमा उत्पादन हुन्छ । यसलाई अग्नि इनकरपोरेटले नेपाल भित्र्याउँने गरेको छ । 

रनर बाइकको मूल्य

रनर हक २०० सीसीको मूल्य ३ लाख ९९ हजार, नाइट राइडर १५० सीसीको मूल्य २ लाख ४५ हजार, टर्बो १२५ सीसीको २ लाख ३० हजार, बुलेट १२५ सीसीको १ लाख ९५ हजार, रोयर प्लस र काइटप्लस ११० सीसीको १ लाख ८९ हजार, चोटा ११० सीसीको १ लाख ६९ हजार, एडी ८० डिलक्स ८० सीसीको १ लाख ६५ हजार र बाइक आरटी ८० सीसीको १ लाख ५२ हजार रुपैयाँ तोकिएको छ । रनर बङ्गलादेशी ब्रान्ड हो । 

सुजुकी ब्रान्डको बाइकको मूल्य

जिक्सर एसएफ २५० मोटो जीपी २४९ सीसी क्षमताको मूल्य ४ लाख ९९ हजार ९ सय,  जिक्सर एसएफ २५० जुन २४९ सीसी क्षमताको हो, जसको मूल्य ४ लाख ९६ हजार ९ सय रुपैयाँ तोकिएको छ ।  यता जिक्सर २५० को जुन २४९ सीसी क्षमताको हो यसको मूल्य ४ लाख ६३ हजार ९ सय रुपैयाँ तोकिएको छ । जिक्सर एसएफ १५० मोटो जीपी १५४.९ सीसीको मूल्य ३ लाख ७७ हजार ९ सय रुपैयाँ रहेको छ ।

जिक्सरएसएफ १५०, १५४.९ सीसी क्षमताको मूल्य ३ लाख ७३ हजार ९ सय रुपैयाँ रहेको छ । जिक्सर १५०, १५४.९ सीसी मूल्य ३ लाख १८ हजार ९ सय, इन्ट्रुडर १५४.९ सीसीको मूल्य ३ लाख २९ हजार ९ सय,  जिक्सर डीटीडीडी १५४.९ सीसीको मूल्य २ लाख ९९ हजार ९ सय रहेका छन् । मोड अनुसार यस ब्रान्डको बाइक १ लाख ८९ हजार ९ सय रुपैयाँसम्मका रहेका छन् । सुजुकी भारतमा उत्पादन हुन्छ । यसलाई भीजी अटोमोबाइल्सले नेपाल भित्र्याउँदै आएको छ । 

सीएफ मोटो ब्रान्डको बाइक मूल्य

अन्ना इन्टरनेसनल प्रालिले नेपाल भित्र्याउने यो बाइक चिनियाँ उत्पादन हो । सीएफ मोटो ब्रान्डको बाइक मोडेल अुनसार १६ लाख ५० हजार रुपैयाँ देखि २ लाख ४१ हजार ५ सयसम्मका बाइक रहेका छन् । सीएफमोटो ६५० एमटी क्षमता भएको ६५० सीसीको बाइको मूल्य १६ लाख ५० हजार रुपैयाँ तोकिएको छ ।

१५ लाख ५० हजारको ६५० एनकेको सीएफमोटो रहेको छ । सीएफ मोटोको सबैभन्दा सस्तो बाइक भनेको सेन्ट पपियो १२५ सीसीको हो, जसको मूल्य २ लाख ४१ हजार ५ सय रुपैयाँ रहेको छ । 

एमभी अगस्टाको मूल्य

एमभी अगस्टा इटालियन ब्रान्डको बाइक हो । यसलाई भेलो सीटीले नेपाल भित्र्याउने गरेको छ । यसको मोडेल अनुसार मूल्य फरक छ । १ करोड ४१ लाख ९० हजार रुपैयाँदेखि ४३ करोड ९० हजार रुपैयाँसम्म पर्ने बाइक छन् । १ करोड ४१ लाख ९० हजारको बाइक ब्रुटेल हजार सेरिओरो हो ।

यो ९९८ सीसी क्षमताको रहको छ । एफ ३, ६७५ मोडेलको बाइकको मूल्य ४३ लाख ९० हजार तोकिएको छ । 

भक्सवागन गाडीको मूल्य

यसको १ करोड ५८ लाखदेखि २८ लाख ९५ हजार रुपैयाँसम्मका गाडी रहेका छन् । भक्सवागन जर्मनी, भारत, मेक्सिको र अर्जेटिनामा उत्पादन हुन्छ । यसलाई पूजा इन्टरनेसनलले नेपाल भित्र्याउँदै आएको छ । टिगन १९८४ सीसीको १ करोड ५८ लाख रुपैयाँ रहेको छ । 

टोयोटा
टोयोटाको जिप मोडेल अनुसार ६ करोड ५० लाख रुपैयाँ देखि ८ लाख ९५ हजार रुपैयाँसम्मका रहेका छन् । मिनिबस ८९ लाख ५० हजार रुपैयाँसम्मका छन् । यसको पिकअप भ्यान १ करोड १ लाखसम्मका छन् । पिकअप भ्यान थाइल्यान्डमा बनेको हो भने जिप जापान इन्डोनेसियामा उत्पादन भएको हो । युनाइटेड ट्रेडर्स सिन्डिकेटले नेपाल भित्र्याउँदै आएको छ । 

टीभीएसको मोटरसाइकल तथा स्कुटर मूल्य

टीभीएसको बाइक मोडलअनुसार १ लाख ७९ हजार ९ सयदेखि ७ लाख ७९ हजार ९ सयसम्मको मूल्य रहेको छ ।  स्कुटर १ लाख २८ हजारदेखि २ लाख ३ हजारसम्मका रहेका छन् । टीभीएसलाई जगदम्बा मोटर्सले नेपाल भित्र्याउने गर्छ । 

यामाहाको स्कुटर तथा मोटरसाइकल

यामाहाको स्कुटर १ लाख ९२ हजारदेखि २ लाख १७ हजारसम्मका रहेका छन् । मोटरसाइकल २ लाख ३ हजारदेखि ९ लाख २४ हजारसम्मका रहेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप