भारतबाट अबैध रुपमा लुकाएर ल्याइँदै गरिएको दुई ट्रक मासु नियन्त्रणमा
काठमाडौं– राजस्व अनुसन्धान विभागले ठूलो परिणाममा अबैध मासु नियन्त्रणमा लिएको छ । सर्लाही भन्सार विभाग हुँदै काठमाडौंं ल्याइँदै गरेको दुई ट्रक मासुजन्य पदार्थ विभागले थानकोटबाट नियन्त्रणमा लिएको हो । चिप्स, कुरकुरे लगायतका फास्फुड सामान बोकेको ट्रक खानतलासी गर्दा विभागले अवैध मासुजन्य पर्दाथ फेला पारेको हो । उक्त ट्रकमा साल्मन जातका माच्छा समेत ल्याएको विभागले बताएको छ ।
विशेष सूचनाका आधारमा विभागले उक्त परिमाणको अबैध मासु नियन्त्रणमा लिन सफल भएको अनुसन्धान विभागका निर्देक रामकुमार रेग्मीले रातोपाटीलाई जानकारी दिए । ‘सर्लाही भन्सार विभाग हुँदै ठूलो परिमाणको तयारी मासु काठमाडौं ल्याइँदैछ भन्ने सूचनाका आधारमा हामीले अप्रेशन चलाएका थियौं । थानकोटमा विशेष चेकजाँच गर्दा दुई वटा ट्रकमा विभिन्न बोरा सामान र कार्टुनमा लुकाएर ल्याएको तयारी मासु फेला पा¥यौं ।’ रेग्मीले भने, ‘के कति परिमाण छ र कसले ल्याएको सोको अध्ययन गर्दैछौं ।’
रेग्मीका अनुसार अहिले नियन्त्रणमा लिइएको मासुको मुचुल्का तयार हुँदै छ । विभागले मासु सहित ढुवानीमा प्रयोग भएको दुईवटा ट्रकलाई समेत नियन्त्रणमा लिएर पशुसेवा विभाग ललितपुरमा ल्याइएको छ । भोली शनिबार भएकाले मासुको परिक्षणका लागि आइतबार मात्र क्यारेन्टटाइन पठाइने रेग्मीले जानकारी दिए ।
यस्तो अबैध मासु राजधानीका विभन्न होटल तथा रेष्टुरेन्टका लागि ल्याएको हुनसक्ने विभागको आशंका छ । सामान बोक्न भारतीय नम्बर प्लेटका दुईवटा ट्रक प्रयोग गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीले अझै स्वीकारेनन् अदालतको आदेश, भने– ‘संविधानको अपव्याख्या गरी सरकारबाट विस्थापन गरिएको थियो’
-
राजतन्त्रलाई फर्काउन खोज्ने प्रयास सफल हुने कुनै सम्भावना छैन : ओली
-
सहकारी घोटाला छानबिनमा सरकार गम्भीर छैन: डा. आरजु राणा
-
सातामा प्रतितोला ३०० रुपैयाँले बढ्यो सुनको मूल्य
-
पाकिस्तानको क्षेप्यास्त्र कार्यक्रमका लागि सामग्री दिने चार कम्पनीमाथि अमेरिकाको कारबाही
-
विभिन्न जिल्लामा तीन जना मृत अवस्थामा फेला