बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालको भूमि अतिक्रमण हुँदा प्रधानमन्त्री ओलीको मौनता रहस्यमय : एनपी साउद

शुक्रबार, २२ कात्तिक २०७६, १९ : ०२
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री एनपी साउदले भारतले नेपाली भूमि समावेश गरेको नक्सा सार्वजनिक गर्दा पनि सरकार गम्भीर नभएको आरोप लगाएका छन् ।

काँग्रेस नेता साउदले नेपालको सीमा भारतले अतिक्रमण गरेको अवस्थामा पनि प्रधानमन्त्री केपी शर्मा ओली मौनता रहस्यमय रहेको बताए । उनले नेपाली भूमि समावेश गरिएको भारतीय नक्साको विरोधमा परराष्ट्र मन्त्रालयका अधिकारीले निकालेको विज्ञप्तीमा हस्ताक्षर गर्ने अधिकारको नाम समेत नलेखिनुले सरकार गम्भीर नदेखिएको तर्क पनि गरे ।

शुक्रबार काठमाडौंमा आयोजित  साक्षात्कार कार्यक्रममा नेता साउदले भारतसँग रहेका सीमा विवाद समाधान गर्न आफ्नो पार्टीले पहल गरिरहेको बताए । कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शमशेर राणाले भारतसँग भएको सीमासम्बन्धि सबै समस्या समाधानका लागि कुटिल कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराए । 

विगतका सरकारहरुले यी समस्या समाधानका लागि पहल गर्न नसकेको भन्दै उनले वर्तमान सरकारले यी समस्या समाधान गरेर आफ्नो योग्यता र क्षमता प्रर्दशन गर्नुपर्ने आवश्यत पनि औँल्याए । 

अध्यक्ष राणाले नेपाल – भारत सीमा सम्बन्धि समस्या समाधान गर्न आफ्नो पार्टीले सरकारलाई सक्दो सहयोग गर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप