बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले बोलाए सर्वपक्षीय बैठक

शुक्रबार, २२ कात्तिक २०७६, १९ : ०५
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सीमा सम्बन्धी छलफल गर्न सर्वपक्षीय बैठकको आह्वान गरेका छन् ।  भारतले आइतबार सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपालको  भूभाग गाभिएसँगै चर्किएको विरोधलगत्तै प्रधानमन्त्री ओलीले शनिबार सर्वपक्षीय बैठकको आह्वान गरेका हुन् ।

शनिबार दिउँसो ४ बजे बालुवाटारमा सर्वपक्षीय बैठक आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले बताए ।   बैठकमा पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री, विज्ञ र राजनीतिक दलका प्रतिनिधि सहभागी हुने जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप