शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सागमा अफगानिस्तानले भाग नलिने

शुक्रबार, २२ कात्तिक २०७६, २० : ०५
शुक्रबार, २२ कात्तिक २०७६

काठमाडौं – नेपालमा मंसिर १५ देखि २४ गतेसम्म अयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा अफगानिस्तानले भाग नलिने भएको छ । एक साता अघि भाग लिने निर्णय गरेको अफगानिस्तानले फेरी भाग नलिने पत्र पठाएको छ ।

अफगानिस्तानले सन् २०१६ मा भारतमा सम्पन्न १२ औं सागपछि साग नखेल्ने निर्णय गरेको थियो । अफगानिस्तानले सेन्टर एसियामा आफ्नो सदस्यता सारेको थियो । 

तर हालै ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए) ले अफगानिस्तानलाई साग खेल्न निर्देशन दिएपछि भाग लिने तयारी गरेको थियो । नेपालले तयारी अन्तिममा पुगेकोले अफगानिस्तानलाई सागमा सहभागी गराउन प्राविधिक कठिनाई हुने ओसिएलाई जानकारी गराएको थियो ।

विशेषगरी अफगानितानले मार्सल आर्ट्स गेम्समा भाग लिने तयारी गरेको थियो । उक्त कुरालाई नेपालले अस्वीकार गरेपछि अफगानिस्तान साग नखेल्ने निर्णयमा पुगेको हो ।

साग सम्बन्धी दक्षिण एसियाली ओलम्पिक कमिटिको बैठक शनिबार काठमाडौंका बस्दैछ । उक्त बैठकले नेपालमा आयोजना हुने सागको विषयमा सबै खाले निर्णय गर्ने बताईएको छ । बैठकको अध्यक्षता नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले गर्ने छन् । श्रेष्ठ दक्षिण एसियाली ओलम्पिक कमिटिका पनि अध्यक्ष हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप