जर्जिया पठाइदिने भन्दै ८ लाख ठगी गरेको आरोपमा १ जना पक्राउ
काठमाडौं-नेपाल प्रहरीले जर्जिया पठाइदिने भनी ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले वैदेशिक रोजगारको सिलसिलामा जर्जिया पठाइदिन्छु भनी रु आठ लाख ५० हजार ठगी गर्ने दोलखाका रामकृष्ण राईलाई बिहीबार मोरङबाट पक्राउ गरी काठमाडौँ ल्याएर आज सार्वजनिक गरेको हो ।
महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जर्जियामा ‘क्लिनर्स’मा जागिर लगाइदिने र उक्त कम्पनीले मासिक रु ९० हजार तलब र खान बस्ने सुविधा दिने भनी प्रलोभनमा पारेर ठगी गरेकाले राईलाई पक्राउ गरिएको जानकारी दिए ।
“पक्राउ व्यक्तिले राजन राईसँग रु तीन लाख ५० हजार र ईन्द्र लिम्बूबाट रु पाँच लाख लिई ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ”, उनले भने । पक्राउ परेका व्यक्तिले अरु व्यक्तिसँग पनि ठगी गरेको फेला परेको छ । महाशाखाले पक्राउ व्यक्तिसँग आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
-
हिमाली महासङ्घ राज्यका प्रस्तावक मुख्तियार भीमसेन थापा