केन्द्रीय संस्करण

विप्लव समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ

person explore access_timeकात्तिक २२, २०७६ chat_bubble_outline0

मार्तडी-नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका केन्द्रीय सदस्यसहित १६ कार्यकर्ता पक्राउ परेका छन् । गाउँमा चन्दा सङ्कलन तथा सङ्गठन विस्तार गरिरहेको आधारमा गौमुल गाउँपालिका–।३ माझपालीबाट आज दिउँसो इलाका प्रहरी कार्यालय घटमुनाको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक उद्धवसिं भाटले बताए  ।     

पक्राउ पर्नेमा रोल्पा गङ्गादेव गाउँपालिका–३ जिनावाङका समूहका केन्द्रीय सदस्य चुडामणि ओलीसहित १६ जना रहेको प्रहरी उपरीक्षक भाटले जानकारी दिए । पक्राउ परेकाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.