धनुषामा चितुवाको छालासहित ३ जना पक्राउ
जनकपुर- धनुषामा चितुवाको छालासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । धनुषाको धनौजी गाउँपालिकास्थित गोरदाहामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा एक मोटरसाइकलमा सवार ३ जनालाई चितुवाको छालासहित पक्राउ गरेको हो ।
पाटे चितुवाको शरीरको भाग ५ फिट र पुच्छर ७.५ फिट तथा लम्बाई ४.४५ फिट चौडाइ भएको पाटे चितुवाको एक थान छाला, यमाहा कम्पनीको एफजेड मोटरसाइकल एक थान, १३ हजार ४ सय ५५, सुनको औँठी एक थान र मोबाइल २ थान बरामद भएको सशस्त्र प्रहरी बल धनुषाका सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।
अवैध रुपमा पाटे चितुवाको छालाको चोरी निकासीमा संलग्न रहेको आरोपमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वड्क नम्बर ५ बस्ने २८ वर्षका सुनिल ढुङ्गेल, ३९ वर्षका शिवकुमार महतो र धनुषाको धनौजी गाउपालिका वडा नम्बर ४ बस्ने ३६ वर्षका जयराम मण्डल पक्राउ परेको प्रहरी उपरीक्षक उप्रेतीले जनाए ।
सशस्त्र प्रहरी बल नम्बर ८ धनुषाको गण धनुषा हेडक्वार्टरबाट खटेको ६ जनाको स्क्वाइट टोलिले चेकजाचको क्रममा बरामद गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा