शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बलिउड सेलिब्रिटीले गरे शान्तिको अपिलः अनुपम खेरले भने, ‘सबैलाई सद्बुद्धि देउ भगवान’

शनिबार, २३ कात्तिक २०७६, १३ : ०८
शनिबार, २३ कात्तिक २०७६

भारतमा निकै अघिदेखि चलिरहेको मुद्दा अर्थात् अयोध्या विवादबारे सर्वोच्च अदालतले आफ्नो फैसला सुनाइसकेको छ । अदालतले विवादित जमिन रामललाको नै हो भन्ने निर्णय सुनाएको हो । यसका साथै अदालतले सुननी वक्फ बोर्डलाई पाँच एकडको वैकल्पिक जमिन दिन पनि निर्देशन दिएको छ । सर्वोच्च अदालतको यो निर्णयपछि बलिउड सेलिब्रिटीले स्वागत गरेका छन् । साथै सबैलाई संयमता अपनाउन र शान्ति स्थापित गर्न अपिल पनि गरिरहेका छन् ।

अभिनेता अनुपम खेरले ट्वीट गरे, ‘अल्लाह तिम्रो नाम, ईश्वर तिम्रो नाम । सबैलाई सद्बुद्धि देउ भगवान ।’

अभिनेता फरहान अख्तरले पनि आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट अयोध्या मामलामा आफ्नो विचार राखेका छन् । फरहानले आफ्ना प्रशंसकसँग पनि अपिल गरेका छन्, ‘तपाईंहरु सबैलाई बिन्ती छ, आज भएको अयोध्या मामलामा सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्नुहोस्, गरिमासँग यसलाई अपनाउनुहोस्, तपाईं चाहे त्यसको पक्षमा वा विपक्षमा भएपनि । हाम्रो भारतलाई यी सबैकुराबाट मुक्त गर्नुछ । जय हिन्द ।’

अभिनेत्री हुमा कुरैशीले ट्वीट गरिन्, ‘मेरा प्यारा भारतीय, कृपया अयोध्या मामलामा आएको सर्वोच्च अदालतको निर्णयलाई सम्मान गर्नुहोस् । हामी सबै एक साथ मिलेर एक राष्ट्रको रुपमा अघि बढ्न आवश्यक छ ।’

लेखक चेतन भगतले यो मामलामा आफ्नो विचार राखेका छन् । चेतनले आफ्ना प्रशंसकलाई शान्तिको सन्देश दिँदै लेखेका छन्, ‘चाहे जेसुकै होस्, जुनसुकै भगवानले शान्ति भंग होस् भन्ने चाहँदैनन् । यसलाई आफ्नै अवस्थामा रहन दिनुहोस् ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप