केन्द्रीय संस्करण

नेपालको फेरि लज्जास्पद हार

person explore access_timeकात्तिक २३, २०७६ chat_bubble_outline0

काठमाडौँ । नेपालले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँग टी–२० क्रिकेटमा पनि लज्जासपद हार खेपेको छ । टियु क्रिकेट मैदान कीर्तिपुरमा शनिबार भएको खेलमा एमसीसीले नेपाललाई एक सय १३ रनले हरायो ।

एमसीसीले दिएको एक सय ९० रनको लक्ष्य पछ्याएको नेपाल १३.१ ओभरमा अलआउट हुँदै ७६ रनमा समेटिएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १८ रन बनाए । 

सन्दीप जोराले १६ र कुशल भुर्तेलले १४ रन बनाए । भिम सार्कीले १३ । कप्तान रोहित पौडेलले ६ रन बनाएका थिए । एमसीसीका एड योङले तीन विकेट लिए । ओलिभर हानन र एलेक्स थोम्पसनले दुई दुई विकेट लिएका थिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको एमसीसीले २० ओभरमा सात विकेट गुमाएर एक  सय ८९ रन बनाएको थियो । एमसीसीका लागि विल्ली गोड्लम्यानले ५४ रनको अर्धशतकीय इनिङ खेले । एड योङले ४२, मिल्स हाम्मोन्डले ३३ र एलेक्स थमप्सनले अविजित २० रन बनाए । 

नेपालका राशिद खानले तीन विकेट लिए । कमल सिंह ऐरी, जितेन्द्र मुखिया, अविनाश बोहरा र सुशन भारीले एक एक विकेट लिए  । 

नेपाल भ्रमणका क्रममा एमसीसी टोलीले अब पोखरामा मुख्यमन्त्री ११ र कास्की आमन्त्रण ११ संग टी–२० खेल खेल्ने कार्यक्रम रहेको छ ।

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...