शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

शनिबार, २३ कात्तिक २०७६, २२ : ४७
शनिबार, २३ कात्तिक २०७६

बाँके- बाँकेको राप्तीसोनारी गाउँपालिका–७ फत्तेपुरमा आज ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

भे१त २९०१ नंको काठ बोेकेको ट्र्याक्टरले म२प ७०३४ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार राप्तीसोनारी–७ फत्तेपुरका २४ वर्षीय सुमनकुमार थारू र सोही ठाउँका १५ वर्षीय सञ्जीत थारूको मृत्यु भएको इलाका प्रहरी कार्यालय भगवानपुरका प्रमुख प्रहरी निरीक्षक मानबहादुर बिसीले जानकारी दिए । उनीहरुको उपचारका लागि नेपालगञ्ज ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । ठक्कर दिने ट्र्याक्टरका चालक फरार छन् ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप