शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आइतबार तपाईंको दिन कस्तो छ ? कुन राशिका लागि कति फलदायी ?

आइतबार, २४ कात्तिक २०७६, ०६ : ०६
आइतबार, २४ कात्तिक २०७६

वि.सं.२०७६ साल कात्तिक २४ गते । आईतबार । ईश्वी सन् २०१९ नोभेम्बर १० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । कार्तिक शुक्लपक्ष । तिथि त्रयोदशी,२४ घडी ५६ पला,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र रेवती,२९ घडी २५ पला,बेलुकी ०६ बजेर ०७ मिनेट उप्रान्त अश्विनी । योग बज्र,१५ घडी ०० पला,दिउसो १२ बजेर २१ मिनेट उप्रान्त सिद्धि । करण तैतिल,बेलुकी ०४ बजेर २० मिनेट उप्रान्त गर,रातको ०५ बजेर १० मिनेट उप्रान्त वणिज । आनन्दादिमा प्रवद्र्ध योग । चन्द्रराशि मीन,साझ ०६ बजेर ०७ मिनेट उप्रान्त मेष । 

काठमाडौंमा सूर्योदय ०६ बजेर २१ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १२ मिनेट । दिनमान २७ घडी ०८ पला । पञ्चक साझ ०६ बजेर ०७ मिनेटसम्म। विष्णु–बैकुण्ठ चतुर्दशी व्रत। पाल्पाको दर्लमडाँडामा महाकाली भगवती रथयात्रा। डोटीमा केदार मेला। सर्वार्थसिद्धि योग साझ ०६ बजेर ०७ मिनेटपछि।
 

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) विदेशि धनसम्पति हात लाग्ने समय रहेकोछ भने विदेशमा बसेर काम गर्नेहरुले मनग्गे रुपैया पैसा कमाउन सक्नेछन् । अन्य क्रियाकलापमा ध्यान जादा पढाइ लेखाइ अधुरै रहनेछ । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रने तथा जरिवाना तिुर्नपर्ने हुनसक्छ । आकस्मिक रुपमा खर्च बढ्ने योग रहेकोछ भने अरुको भर पर्दा कामहरु बिग्रने अधिक सम्भावना रहेकोछ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ध्यान दिनुहोला नराम्रा घट्ना घट्न सक्छ । प्राकृतिक स्रोत तथा सरकारि धनको सहि परिचालन गर्न नसक्दा आम्दानीका बाटाहरु साघुरा हुनेछन्  । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रनेछ भने मनोबल कमजोर हुनेहुँदा अरु प्रतिश्पर्धामा अरुभन्दा पछि परिनेछ । प्रेममा एक अर्का बिच बैमनस्यता बढेर जाने योग रहेकोछ भने जीवन साथिसँग अबिश्वास बढेर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मानसम्मान तथा इज्जत प्रतिश्ठामा दाग लाग्न सक्छ काम गर्दा ख्याल गर्नुहोला । सरकारि सेवामा झन्झटिला प्रक्रिया अबलम्बन गर्नुपर्दा मानशिक तनाब बढ्नेछ । राज्जबाट गलत आक्षेपहरु लाग्न सक्छ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परिनेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन निकैनै समय दिनु पर्नेछ । बिहानको समय उत्तम रहेकोले अध्ययन तथा अध्यापनमा सफलता प्राप्त गर्न सकिनेछ भने धार्मिक स्थल तथा लामो दुरिको यात्राको तय हुनेछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लामोदुरिको व्यावसायिक यात्रा हुने प्रशस्त सम्भावना रहेकोछ । शैक्षिक तथा धार्मिक यात्राको हुनेछ भने बिद्या तथा प्रतिष्पर्धामा अरुभन्दा अग्र स्थानमा तपार्ईँको नाम आउनेछ । भाग्य तथा समयले साथ दिने हुनाले सबै प्रकारका कामहरुमा लाभ मिल्ने समय रहेकोछ । माया प्रेमको गाठो कसिनेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिने समय रहेकोछ । पैत्रिक धन तथा सम्पति हात लागी हुने योग रहेकोछ ।  

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाइनेछ । व्यापार व्यावसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । सामान्य स्वास्थमा समस्या आई उपचार खर्च बढेर जानेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिने चिन्ताले सताउँनेछ । भौतिक सम्पतिको प्रयोग गर्दा वा सवारि साधनको प्रयोग गर्दा तथा चलाउदा ध्यान दिनुहोला ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) व्यावसायिक यात्रा हुने भएपनि गन्तब्यमा पुग्नु अगाबै बिभिन्न समस्याहरुको फेस गर्नु पर्नेछ । भौतिक सम्पति तथा सवारि साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नराम्रा घट्नाहरुको सामना गर्नुपर्नेछ । विलासी जीवन जीउन खोज्दा पढाइ लेखाइ तथा खोज अनुशन्धानको क्षेत्रमा कमजोर उपस्थिति रहनेछ । जीवन साथिसँग मनमुटाब बढ्ने हुनाले दैनिक कामगर्न मन जानेछैन । ऋण लाग्ने तथा संकटको सामना गर्नुपर्नेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) व्यापार व्यावसायमा नाँफा कमाउन निकै नै समय दिनुपर्नेछ । घर परिवारमा आफन्त तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउन सक्छ । गोप्य कुराहरु बाहिर आउँने अधिक सम्भावना रहेकोछ । धन सम्पति तथा अचल सम्पति हराउन तथा लुटिन सक्छ सजक रहनुहोला । न्यालयबाट हुनेनिर्णयहरु तपार्ईँको पक्षमा नहुने हुनाले मुद्दा हारिने सम्भावना रहेकोछ ।
 
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) बौद्धिक कार्यमा सहभागि भई आफ्नो गतिलो प्रश्तुति पस्कने अवसर प्राप्त हुनेछ । पढाइ लेखाइमा सुधार भएर जानेछ भने नतिजा आफैतिर ल्याउँन सकिनेछ । परिवार तथा सन्तानबाट तपार्ईँले गरेको काममा सहयोग हुनेछ । व्यापार व्यावसायमा लगानी बडाउँदा राम्रो कमाई हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ भने भौतिक धन सम्पति लाभ हुनेसमय रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरजग्गा तथा सवारि साधनको व्यापार व्यावसायबाट सन्तोष जनक नाँफा कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छाति सम्बन्धि समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिस सँग विवाद हुनेछ । प्रेम प्रशङमा रमाउने चाहने हरुका लागि समय मध्ययम रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) उद्योग तथा व्यापार व्यावसायमा ध्यान नदिदा घाटा सहनुपर्ला । यात्रा गर्दा ध्यान दिनुहोला दुख पाइनेछ । दाजुभाई तथा छिमेकिको साथ नपाइने हुदा मन खिन्न रहनेछ । मुद्दा मामिला तथा प्र्रतिश्पर्धामा तपार्ईँको पक्षमा निर्णय नआउदा मानशिक तनाव बढ्नेछ । बिद्यामा गरिएको लगानी बाट सन्तोषजनक नतिजा आउनेछ । प्रयण सम्बन्धमा चिसोपन बढ्ने भएपनि अन्तत एक अर्कालाई बुझ्दै अगाडि बढ्न सकिनेछ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बोलिको प्रभाब बढ्ने हुनाले महत्वपुर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नी विच बिस्वासको बाताबरण बढ्ने तथा माया प्रेममा सामिप्यता बढेर जानेछ । कुटुम्बबाट तपार्ईँले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइ लेखाइमा सफलता हात लाग्ने योग रहेकोछ । व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउन सकिनेछ ।
 

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) शुभचिन्तकको सहयोगले चिताएको कामहरु सम्पादन हुनेछन् । पढाइ लेखाइमा मनजाने हुनाले चाहेजस्तो नतिजा ल्याउँन सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले जनताको पक्षमा काम गर्न सक्दा मान सम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले आर्थिक स्थिति सुदृड हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने विलासी वस्तुको प्रयोग मार्फन अरुको मन आफूतिर तान्न सकिनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप