शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘ऋषिमन’ मोदीको नेतृत्वमा विस्तारवाद र प्रभुत्ववादको नग्न प्रदर्शन

‘भारत, हाम्रो जमिन छोड । तिम्रो सेना तुरुन्त फिर्ता लैजाऊ ! यो नेपाली जनताको आवाज हो ।’
आइतबार, २४ कात्तिक २०७६, ०६ : ४७
आइतबार, २४ कात्तिक २०७६

१) छिमेकी मुलुक भारतको स्वाधीनता, नवनिर्माण र सुरक्षामा हामी नेपालीहरुको उल्लेखनीय योगदान रहिआएको छ । बदलामा भारतले नेपाल र नेपालीमाथि निरन्तर बलमिच्याइँ र लुटमारको व्यवहार गर्दैआएको यथार्थ कसैबाट छिपेको छैन । अब हामी नेपालीको सहनशीलताको पराकाष्टा नाघेको छ । लिपुलेक लिम्पियाधुरा तथा कालापानीमाथिको भारतको दादागिरी र दाबीले आज विश्वभरीका नेपालीहरु र नेपालीका हितचिन्तकहरु जागेका छन् ।

दक्षिणी छिमेकीसित रोटीबेटी र संस्कृति लगायत विशेष र अनुपम सम्बन्धको रागरागिनी गाएर नथाक्ने बुद्धिजीवी र राजनेताहरु हाम्रोमा छन् । निरन्तर साँध मिचेर नेपालको जमीन हड्पिँदा, नेपाली जमीनका बासिन्दालाई  सुकुम्बासी बनाउँदा र पटक पटक नाकाबन्दी गरेर हाम्रो जीवनमाथि बर्बर आघात पुर्‍याउँदा पनि अनुपम सम्बन्धको गीत गाइरहने र दूतावासका भोजभतरमा गएर झुमिरहने बुद्धिजीवी र राजनेता हाम्रोमा छन् । उपचार र सन्तानका उच्च शिक्षाका लागि भारतीय उच्चपदस्थको पाउ पर्दै हजूरहरुसँगको सम्बन्धका तुलनामा केही जमीन र सम्पदाको हामी पर्वाह गर्दैनौं भन्ने राजनेता पनि हाम्रामा छन् । ती त्यस्ता छन् र नै छिमेकी साहूलाई हाम्रो जीवन र जमीनमाथि लामो हात गर्न हौसला मिल्ने गरेको छ । यो हामी स्वाभिमानी नेपाली जनताका लागि लज्जाको विषय हो ।

*******

निरन्तर साँध मिचेर नेपालको जमीन हड्पिँदा, नेपाली जमीनका बासिन्दालाई  सुकुम्बासी बनाउँदा र पटक पटक नाकाबन्दी गरेर हाम्रो जीवनमाथि बर्बर आघात पुर्‍याउँदा पनि अनुपम सम्बन्धको गीत गाइरहने र दूतावासका भोजभतरमा गएर झुमिरहने बुद्धिजीवी र राजनेता हाम्रोमा छन् ।

*******

प्रतिदिन जसो जमीन मिचिँदा र प्रत्येक वर्षको ठुलो चाडपर्वमा सीमामा हाम्रा श्रमिक बन्धुहरुको सर्वस्व लुटिँदा चुँक्क नबोल्नु हाम्रा कतिपय बुद्धिजीवी र राजनेताहरुको  संस्कृति बनिसकेको छ । शायद यसै र यस्तै आडमा अहिले ऋषि मनका प्रधानमन्त्री पाएको भारतले हाम्रो कालापानी लिम्पियाधुरा र लिपुलेकलाई हाक्काहाक्की मिचेर आफ्नो नक्सामा छापेको छ । नेपाल र नेपालीमाथि भएका  विगतका नाकाबन्दीहरुभन्दा पनि यो बढी उज्जण्ड र निर्लज्ज आक्रमण हो । विस्तारवाद र प्रभुत्ववादको यसभन्दा बढी नग्न प्रदर्शन अरु के हुन सक्छ ? यस निर्लज्ज अतिक्रमणका विरुद्ध नेपाल सरकार मुखर र प्रखर बन्नैपर्छ । प्रतिपक्षी दलहरु पनि त्यत्तिकै मुखर र प्रखर बन्नैपर्छ । यो हाम्रो सार्वभौमिकता र स्वाभिमानको सवाल हो । 

२) गत बिहिबार विद्यार्थी वेलादेखिका पुराना एक जना सहृदय साथी सूर्य पौडेलले फोनमा हाँस्दै भन्नुभयो, तपाईंलाई अचम्म लागेन ? नेविसंघले पनि भारतेली राजदूतावासमा गएर विरोधप्रदर्शन गर्‍यो त ?

“गर्‍यो । एकाध कांग्रेसी नेताले समेत पनि विरोधमा  बोले । शेरबहादुर स्वयम् पनि बोले । मलाई यो अचम्म मात्र होइन, रहस्यमय पनि लागेको छ । मैले भनेँ, भक्तले भगवान्को विरोध पनि गर्नसक्छ तर क्षमापूजाको भाकलसाथ मात्र गर्नसक्छ भन्ने मैले बुढापाकाहरुबाट सुनेको छु । यो एउटा पक्ष हो । समयक्रमा नेपाली कांग्रेस तथा नेविसंघमा समेत देशभक्ति उम्रेको पनि त हुन सक्छ । विचारणीय पक्ष यो पनि छ” मैले भनेँ । साथी हाँस्नुभयो ।

*******

०२५सालमा भारतले सुस्तामा हाम्रो जमीनमाथि अतिक्रमण गर्दा अनेरास्ववियूले भारतीय दूतावासमा विरोधपत्र दिएर नयाँसडकमा विरोध प्रदर्शन गरेको थियो । त्यसमा हामी पनि सहभागी थियौं । भूगोलपार्कमा देशभक्त विद्यार्थीहरुको विरोध सभामाथि ‘राष्ट्रवादी’ पन्चायत व्यवस्थाका प्रहरीहरुले धक्कामुक्कासहितको लाठीचार्ज गर्दा मेरो वायाँ खुट्टा भाँच्चिएको थियो ।

*******

भारतीय दूतावास अगाडि नेविसंघको विरोधप्रदर्शनलाई लिएर हाम्रा साथीलाई अचम्म लाग्नु सर्वथा स्वाभाविक थियो । ०२५सालमा भारतले सुस्तामा हाम्रो जमीनमाथि अतिक्रमण गर्दा अनेरास्ववियूले भारतीय दूतावासमा विरोधपत्र दिएर नयाँसडकमा विरोध प्रदर्शन गरेको थियो । त्यसमा हामी पनि सहभागी थियौं । भूगोलपार्कमा देशभक्त विद्यार्थीहरुको विरोध सभामाथि ‘राष्ट्रवादी’ पन्चायत व्यवस्थाका प्रहरीहरुले धक्कामुक्कासहितको लाठीचार्ज गर्दा मेरो वायाँ खुट्टा भाँच्चिएको थियो । त्यसबेला हामी सरस्वती कलेजका विद्यार्थी थियौँ । निरीश शर्मा, हेमन्त गौचन, कृष्ण पौडेल, चित्रवहादुर केसी र अहिले फोन गर्ने साथी लगायत थुप्रै साथीहरु हामी सँगै थियौँ । मलाई कृष्ण पौडेल र हेमन्त गौचनले बोक्दै लगेर वीरहस्पिटलमा खुट्टाको प्लास्टर गराउनु भएको थियो । यो त एउटा घटना थियो । भारतले हाम्रो जमीन अतिक्रमण गरेको, सीमाका नेपालीलाई सशस्त्र लगाएर लछारपछार गरेको, गोली चलाएको, नेपाली नागरिको ज्यानै लिएको जस्ता पीडादायी घटनाहरु जनस्मृतिमा ताजा छन् । मेघालयबाट वर्षौंर्अिघदेखिका बासिन्दा नेपालीमूलका नागरिकहरुलाई  नेपालतिर खेदेको लगायत अनेकौं आक्रमण र अतिक्रमणका समयहरुमा नेपाली जनताले विरोध गर्दा, अनेरास्ववियूले विरोध गर्दा नेपाली कांङ्ग्रेस, नेविसंघ कसैले विरोध गरेको सुनिएको थिएन । बरु विरोध गर्नेलाई गिज्याएको सुनिन्थ्यो । विगत नाकाबन्दीमा पनि कांग्रेस बोलेन । नेविसङ्ंघ बोलेन । त्यस्तो भारतमैत्री र अतिक्रमणमैत्री इतिहास बोकेको नेपाली कांग्रेसको विद्यार्थीसंगठन नेविसंघले भारतीय दूतावासका अगाडि सशरीर उपस्थित भएर नारा जुलुससाथ विरोध व्यक्त गर्नु अचम्म लाग्दो घटना त हुँदै हो । यसमा जानकार साथीहरुलाई अचम्म लाग्नु अस्वाभाविक होइन । समयको चाप र जनचेतनाको प्रखरता हेर्दा नेपाली काङ्ग्रेसमा नेपाल र नेपालीप्रतिको कहिल्यै जागृत नभएको आफ्नो राजनीतिक तथा नैतिक दायित्बोध जागृत हुनु र भारतेली अतिक्रमणका विरुद्ध मुखर हुनु पनि अस्वाभाविक होइन ।

समयको चाप र जनचेतनाको प्रखरता हेर्दा नेपाली काङ्ग्रेसमा नेपाल र नेपालीप्रतिको कहिल्यै जागृत नभएको आफ्नो राजनीतिक तथा नैतिक दायित्बोध जागृत हुनु र भारतेली अतिक्रमणका विरुद्ध मुखर हुनु पनि अस्वाभाविक होइन ।

*******

एनसेल, वाइडबडी, चूडामणि काण्ड, सूनकाण्ड आदि भ्रष्टाचारका काण्डहरुमा एक भएर मिलिआएका नेपाली कांग्रेस र नेकपाका शीर्ष नेताहरु देशप्रेम र राष्ट्ररक्षाका सकारात्मक सवालहरुमा एक भएछन् भने त्यसलाई ‘कालो बादलमा चाँदीको घेरा’ भनेजस्तै एउटा उपलब्धि नै मान्नुपर्ने हुन्छ । पथभ्रष्ट इतिहासका भरिया कसैले सचेत भएर वा असचेत अवस्थामै पनि पुरानो भारी बिसाएर सही पथमा खुट्टा राखेछ भने यसमा खुसी नहुनुपर्ने कुनै कारण रहँदैन । नेविसङ्घले आफ्नो गठनको भण्डै ५७ वर्षपछि अहिले आएर भए पनि देश र जनताको पक्षमा उभिएर मिचाहा छिमेकीका विरुद्ध आवाज उठायो । यत्ति हुनु पनि खुसीको कुरा हो ।

*******

पथभ्रष्ट इतिहासका भरिया कसैले सचेत भएर वा असचेत अवस्थामै पनि पुरानो भारी बिसाएर सही पथमा खुट्टा राखेछ भने यसमा खुसी नहुनुपर्ने कुनै कारण रहँदैन ।

*******

बाह्र वर्षमा त खोला पनि फर्कन्छ भन्ने हाम्रो परम्परागत भनाइ छ । खोलो फर्कन्छ भन्नुको तात्पर्य खोलाले बाटो बदल्छ भन्नु ने हो । हामीकहाँ अहिले लगभग ७० वर्षपछि खोलो फर्केको छ । नेपाली कांग्रेसका नेताहरु देशको पक्षमा बोलेका छन् । यो खोलो फर्केकै हो । खोलाको इतिहास र प्रवृत्ति केलाउनेहरु यसलाई टिकाउ परिवर्तन मान्न नसक्लान् तथापि यो परिवर्तन नेपालको राजनीतिक सन्दर्भमा पर्याप्त मनोरन्जक छ ।

भन्न त हाम्रा बुढापाकाहरु ‘बाँस फुल्यो भने गाँज मासिन्छ’ पनि भन्छन् । नाकाबन्दी लगायत कुनै पनि थिचोमिचोमा भारतको विरोध नगरिआएको नेपाली काङ्ग्रेसले अहिले अप्रत्यासित रुपमा विरोध गर्नु ‘बाँस फुल्नु’जस्तै पनि हो । बुढापाकाहरु के पनि भन्छन् भने ‘कसैले अप्रत्यासित रुपमा एकाएक बानी बेहोर फेर्‍यो भने  सावधान रहनुपर्छ ।’ यहाँनिर  भुक्तभोगीहरुको भनाइ भने बिलकुलै फरक छ । उनीहरु भन्छन् ‘यो अस्वाभाविक विरोधको लक्ष्य स्वाभाविक रुपमा सत्ताको भोक मार्ने घुमाउरो प्रयत्न मात्र पनि हुन सक्छ । हामी भन्छौं नेपालमा राजनीति गर्ने सवै दलहरु एक भएर मुलुकको सार्वभौमिकताको रक्षका लागि, आफ्नो जमीनको रक्षाका लागि एक भएर अघि बढ्ने दिन आएको छ । समयको निर्देश सवैले बुझेका छन् ।

*******

उनीहरु भन्छन् ‘यो अस्वाभाविक विरोधको लक्ष्य स्वाभाविक रुपमा सत्ताको भोक मार्ने घुमाउरो प्रयत्न मात्र पनि हुन सक्छ । हामी भन्छौं नेपालमा राजनीति गर्ने सवै दलहरु एक भएर मुलुकको सार्वभौमिकताको रक्षका लागि, आफ्नो जमीनको रक्षाका लागि एक भएर अघि बढ्ने दिन आएको छ ।

*******

३) भारतको कहिल्यै विरोध नगरेका नेपालका राजनीतिक शक्तिहरुले समेत पनि वाध्य भएर विरोध गर्नै पर्ने स्थितिमा उत्रेर आज ऋषिमन नेतृत्वको भारतसरकारले आफ्नै खुट्टामा बन्चरो ताकेको छ  । हामी नेपाली जनतालाई आज भारतले जुन दादागिरी देखाएको छ त्यो भारतकै पनि हितमा छैन । न्याय निमित्तको संघर्षमा नेपाली जनता एक्लै छैन । विश्वकै न्यायचेता जनता हाम्रो साथमा रहनेछन् । भारतका न्यायचेता जनता पनि हाम्रो साथमा रहनेछन् । ’हामी भन्छौं भारतेली सत्तासीनहरुमा अलिकति पनि दूरदृष्टि छ भने यथाशीघ्र गल्ती सँच्याउन् । हाम्रो जमीनबाट सेना तुरन्त फर्काउन् ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मुक्तिबन्धु
मुक्तिबन्धु
लेखकबाट थप