शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रियलको जितमा बेन्जेमाको दुई गोल

आइतबार, २४ कात्तिक २०७६, ०७ : ५२
आइतबार, २४ कात्तिक २०७६

एजेन्सी । करिम बेन्जेमाको दुई गोल सहयोगमा रियल म्याड्रिडले स्पेनिस ला लिगामा इबारमाथि प्रभावशाली जित निकालेको छ । शनिबार राति भएको खेलमा रियालले इबारलाई उसकै मैदानमा ४–० गोलले हरायो ।

रियालको सानदार जितमा बेन्जेमाले दुई तथा कप्तान सर्जियो रामोश र फेडरिको भालभेर्डेले एक–एक गोल गरे । रियलले खेलको २९ मिनेटभित्र १२ मिनेटको अन्तरमा तीन गोल गरेको थियो ।

१७ औँ मिनेटमा भालभेर्डेको पासमा बेन्जेमाले गोल गर्दै रियाललाई अग्रता दिलाए । २०औँ मिनेटमा कप्तान रामोसले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर बनाए । २९औँ मिनेटमा रियलले अर्को पेनाल्टी पायो जसलाई बेन्जेमाले गोलमा परिणत गर्दै रियललाई पहिलो हाफमै ३–० गोलको अग्रता दिलाए ।

६१औँ मिनेटमा लुका मोड्रिचको पासमा भालभेर्डेले गोल गर्दै रियललाई फराकिलो जित दिलाएका थिए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियाल १२ खेलबाट २५ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बार्सिलोनाको पनि २५ अंक छ तर गोल अन्तरका आधारमा रियल दोस्रो स्थानमा सिमित बनेको हो । १५ अंक बनाएको इबर १५ औँ नै स्थानमा छ । ला लिगाका अन्य खेलमा भ्यालेन्सियाले ग्रानाडालाई २–० र डिर्पोटिभो अलाभेसले रियल भालाडोलिडलाई ३–० गोलले हराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप