शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

१०८ मेगापिक्सल भएको स्मार्टफोनको तस्बिर कस्तो होला ?

आइतबार, २४ कात्तिक २०७६, ०९ : २७
आइतबार, २४ कात्तिक २०७६

चीनको टेक कम्पनी शाओमीले संसारको पहिलो यस्तो स्मार्टफोन लञ्च गरेको छ जसमा १०८ मेगापिक्सलको रियर क्यामरा छ ।

यो क्यामराको एक्स्ट्रा हाई–रिजोलुशन सेन्सरलाई दक्षिण कोरियाली कम्पनी सामसङले डिजाइन गरेको छ जुन अहिलेसम्म कुनै पनि सामसङको स्मार्टफोनमा प्रयोग गरिएको छैन ।

कम्पनीले यो तस्बिरमार्फत् अत्यधिक सफा तस्बिर खिच्न सकिने दाबी गरेको  छ ।

यद्यपि, यसको हालै भएको परीक्षणमा अर्कै कुरा सार्वजनिक भएको छ । यसको तस्बिरमा कम रिजोलुशन क्यामरा भएको स्मार्टफोनको तुलनामा डिजिटल डिस्टर्शन बढी छ ।

अहिले शाओमी Mi CC9  प्रो प्रीमियमलाई यसको घरेलु बजार अर्थात् चीनमा सार्वजनिक गरिएको छ र यसको सुरुवाती मूल्य २,७९९ युआन अर्थात् लगभग ४५ हजार रुपैयाँ राखिएको छ ।

शाओमीका अनुसार उसले आफ्नो यही क्यामरा सेन्सर कम्पनी Mi नोट 10 मा पनि प्रयोग गर्नेछ जसलाई यसै हप्ता कम्पनीले लञ्च गर्नेछ । यो स्मार्टफोनको बिक्री अन्तर्राष्ट्रिय स्तरमा गरिनेछ ।

रिसर्च फर्म क्यानालिसका अनुसार ९.१ प्रतिशत मार्केट सेयरसहित यो संसारको चौथो सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने कम्पनी हो । शाओमी युरोपमा पनि तीब्र रुपमा बिक्री भइरहेको छ र भारतले यसलाई सामसङलाई कडा टक्कर दिइरहेको छ । अर्को वर्ष अर्थात् सन् २०२० मा कम्पनीले जापानमा आफ्नो उपस्थिती जनाउने योजनामा छ ।

यस्ता सेन्सरबाट साइड–इफेक्टः

अहिलेसम्म सय बढी मेगा पिक्सलको क्यामरा मिडियम फर्मेट भएको डिजिटल क्यामरामा हुने गर्दथे जसको मूल्य हजारौं पाउन्डमा हुने गर्दथ्यो ।

तर अब परिवर्तित समयसँगै धेरैभन्दा धेरै रिजोलुशनलाई सानो स्मार्टफोनमा राखिँदै छ । तर यस्तो गर्दा ‘क्रस टक’ हुने सम्भावना बढ्ने गर्छ । क्रस टक एउटा यस्तो स्थिती हो जहाँ एक पिक्सलको इलेक्ट्रिक गतिविधी दोस्रो पिक्सलसँग ठोक्किन थाल्छ वा मिल्न जान्छ । यसबाट जुन तस्बिर खिचिन्छन् त्यसमा डिजिटल नोइज वा थोरै धमिलो हुने गर्छ ।

यस्तो क्यामरामा एक पिक्सलले साधारण क्यामरामा भन्दा कम स्थान पाउँछ, त्यसकारण यसबाट खिचिने प्रकाशमा पनि असर पर्ने गर्छ । यस्तोमा तस्बिर कम चम्किलो हुने समस्या पनि हुनसक्छ ।

फोन रिभ्यु गर्ने वेबसाइट DXOMark का अनुसार Mi CC9    प्रो प्रिमियममा अन्य शीर्ष फोनको तुलनामा बढी आर्टिफ्याक्ट देखिएको छ र यसले अन्य शीर्ष मोडलको तुलनामा डायनमिक रेन्ज दिँदैन ।

शाओमीले यसअघि आफूले 108MP क्यामरा सेन्सर Mi मिक्स अल्फामा दिनेछ जसलाई कम्पनीले यसै वर्ष सेप्टेम्बरमा सार्वजनिक गरेको थियो । तर यो फोनलाई लक्जरी डिभाइस नामांकन गर्दै १९,९९९ युआ मूल्य राखियो ।

जानकारका अनुसार यसको फोन क्यामराले नै यसलाई बजारमा अन्य फोनभन्दा भिन्न बनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप