शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ओली र प्रचण्डबीच वान टु वान वार्ता

आइतबार, २४ कात्तिक २०७६, १७ : ३६
आइतबार, २४ कात्तिक २०७६

काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्ने भएको छ ।  नेकपा महासचिव विष्णु पौडेलका अनुसार आइतबार अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वान टु वान वार्तापछि सोमबार सचिवालय बैठक बोलाउने सहमति भएको हो ।

सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम टुंग्याउने विषयमा छलफल हुने बताइएको छ । त्यस्तै दुई अध्यक्षबीचको आइतबारको छलफलमा केही नियुक्तिका बारेमा समेत कुराकानी भएको बुझिएको छ । 

पार्टी एकता अन्र्तगत अनुशासन आयोग, निर्वाचन आयोग ,लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन गर्न बाँकी छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप