शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा. केसीको अनशनबारे प्रधानमन्त्रीलाई गगनको मेन्सन

आइतबार, २४ कात्तिक २०७६, २१ : ०५
आइतबार, २४ कात्तिक २०७६


काठमाडौं  – प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता गगन थापाले   चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीको अनशनप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

चिकित्सा शिक्षा सुधारका मागसहित कात्तिक १८ देखि सुदूरपश्चिमको डडेलधुराबाट १७ औँ अनशन थालेको डा. केसीको स्वास्थ्य अवस्था जटिल बन्दै  छ । डा. केसीका माग सम्बोधनका लागि  सरकारले अहिलेसम्म  कुनै कदम नचालेपछि आइतबार पूर्वस्वास्थ्य मन्त्रीसमेत रहेका नेता थापाले प्रधानमन्त्रीलाई डा. केसीको अनशनको बारेमा चिच्याएर भनौं भन्दै प्रश्न गरेका हुन् । 

उनले ट्विटमार्फत प्रधानमन्त्री केपीशर्मा ओलीलाई मेन्सन गर्दै डा. केसीका माग अविलम्ब सम्बोधन गरेर जीवन रक्षा गरे । 

थापाले ट्विटमा लेखेका छन्,  ‘डा. केसीको संघर्ष न उहाँको लागि हो न उहाँको आफन्तका लागि १ यो संघर्ष तपाईं हाम्रा लागि हो, आम नेपालीको गुणस्तरीय स्वास्थ्यका लागि हो। सत्याग्रहलाई बेवास्ता गरिरहनुभएको प्रधानमन्त्रीलाई डा.केसीको अनशनको बारेमा चिच्याएर भनौँ ? डा.केसीको माग अविलम्ब सम्बोधन गर र उनको जीवन रक्षा गर ।’ 

नेता थापाले डा. केसीको आन्दोलनमा सुरुवातदेखि नै समर्थन गर्दै आएका  छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप