‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै
सोमबार, २५ कात्तिक २०७६, ०६ : ४२
सामुदायिक विद्यालयका १४ लाख छात्रालाई मंसिरमा सेनेटरी प्याड बाँड्ने कार्य पूरा नहुने भएको छ ।
अहिलेसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएकाले मंसिरभित्रै ‘प्याडम्यान’ बन्ने सरकारको सपना अधुरै रहने निश्चित भएको हो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मंसिर १ गतेदेखि सबै सामुदायिक विद्यालयका कक्षा ६–१२ का छात्रालाई उक्त प्याड वितरण गर्ने घोषणा गरेको थियो ।
यसअघि भने कात्तिक १ गतेदेखि वितरण गर्ने योजना सार्वजनिक गरिएको थियो । मन्त्रालय स्रोतका अनुसार हालसम्म कार्यविधि र बजेट व्यवस्थापन नभएका कारण ढिलो भएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु
-
गोदावरीमा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् (तस्बिरहरू)
-
चेन्नई र लखनउका कप्तानलाई जरिवाना
-
एलोन मस्ककाे भारत भ्रमण स्थगित
-
इलाम-२ उपनिर्वाचनबारे पूर्वसांसद बेनुप प्रसाईंको विश्लेषण
-
राजनीतिक परिवर्तनको औचित्य पुष्टि हुनेगरी काम गर्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ