बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रक्सोल नाका बन्द गर्न भारतीयको दबाब, आयातकर्मीलाई तनाव

सोमबार, २५ कात्तिक २०७६, ०७ : ३६
सोमबार, २५ कात्तिक २०७६

भारत तथा तेस्रो मुलुकसँगको व्यापार व्यवस्थित र आधुनिक किसिमले सहजीकरण हुने महत्त्वाकांक्षीसहित निर्माण गरिएको एकीकृत भन्सार जाँच चौकी (आईसीपी) पूर्ण रुपमा सञ्चालनका लागि विरगन्जस्थित रक्सोल नाका बन्द गर्नुपर्ने दबाब बढेको छ ।

भारत सरकारको अर्थ मन्त्रालयले पटनास्थित सीमा शुल्क निवारण कार्यालयलाई सबै सरोकारवालाहरुसँग छलफल गर्न पत्राचार गरेको छ ।

भारत सरकारले आईसीपी पूर्ण रुपमा सञ्चालनमा ल्याएर रक्सोल नाका बन्द गर्ने व्यहोराको पत्राचार गरेपछि रक्सोलबाट वीरगन्जको इनर्वास्थित साबिकको भन्सार हुँदै ढुवानी हुने डर्टी कार्गोका आयातकर्ताहरुलाई भने तनाव भएको छ । यो समाचार आजको कारोबार दैनिकमा नीरज पिठाकोटेले लेखेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप