शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नेकपा सचिवालय बैठक : मन्त्रीबाट को–को होलान् ‘आउट’ ?

सोमबार, २५ कात्तिक २०७६, ०८ : ३७
सोमबार, २५ कात्तिक २०७६

काठमाडौँ । मन्त्रिपरिषद् पुनर्गठनको तयारीका बीच सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सोमबार बस्दैछ ।

प्रधानमन्त्रीको सचिवालय र मन्त्रिपरिषद् हेरफेर गर्नेबारे प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार भएको छलफल पछि सोमबार सचिवालय बैठक बोलाइएको हो ।

अधिकांश मन्त्रीहरुको कार्यसम्पादनमा प्रधानमन्त्री ओली असन्तुष्ट रहेका छन् । नेकपा स्रोतका अनुसार केही मन्त्रीबाहेक अधिकांश मन्त्रीहरु फेरिने छन् । सहमति जुटे उपचुनावअघि नै मन्त्रिपरिषद् पुनर्गठन हुने सम्भावना रहेको छ ।

आइतबार दुई अध्यक्षबीच कुन मन्त्रीलाई हटाउने र कसलाई ल्याउने भन्ने विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्रीले यसअघि नै सचिवालयका सबै सदस्यहरुलाई मंसिर १ गतेदेखि लागू हुने गरी राजीनामा दिन भनिसकेका छन् ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप