शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

लोकसेवा टिप्सः ३० वस्तुगत प्रश्नोत्तर

सोमबार, २५ कात्तिक २०७६, ०८ : ५९
सोमबार, २५ कात्तिक २०७६

१. विक्रम संवत् २०७६ कात्तिक १८ को मन्त्रिपरिषद् बैठकले सातवटै प्रदेश प्रमुखमा क–कसलाई चयन गरेको हो ?
- प्रदेश १ ः सोमनाथ अधिकारी ‘प्यासी’, प्रदेश २ ः तिलक परियार, प्रदेश ३ ः विष्णु प्रसार्इं, गण्डकी प्रदेश ः अमिक शेरचन, प्रदेश ५ः धर्मनाथ यादव, कर्णाली प्रदेश ः गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेश ः शर्मिलाकुमारी पन्त त्रिपाठी
–    नवनियुक्त प्रदेश प्रमुखहरूले कात्तिक १९ मा राष्ट्रपतिसमक्ष शपथ लिई प्रदेश प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको ।
–    मन्त्रिपरिषद्को बैठकले पूर्ववर्ती शेरबहादुर देउवा सरकारद्वारा नियुक्त गरिएका सातैजना प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको  हो । साथै मन्त्रिपषिद्को सिफारिसमा सोही दिन साँझ राष्ट्रपतिबाट पदमुक्त गरिएको ।
२. यस वर्ष (२०७६) को मदन–शिला स्रष्टा सम्मान कसलाई प्रदान गरियो ?
- राष्ट्रकवि माधव घिमिरे (राशि ः एक लाख एक हजार)
(त्यस्तै, मदन–शिला साहित्यिक पत्रकारिता पुरस्कार चन्द्रकुमार राई र अच्युतरमण अधिकारीलाई प्रदान गरिएको । राई र अधिकारीलाई जनही ५० हजार ५ सय र सम्मानपत्रद्वारा सम्मान गरिएको ।)
३. त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गरिएको हो ?
- प्राध्यापक डा. धर्मकान्त बाँस्कोटा 
(कात्तिक १७ मा उपकुलपतिमा नियुक्त बाँस्कोटाले कात्तिक १८ देखि पदभार सम्हाल्नुभएको ।)
४. सरकारले मेडिकल काउन्सिलको अध्यक्षमा कसलाई नियुक्त गरेको हो ?
- डा. भगवान कोइराला 
(विसं २०७६ कात्तिक १७ को मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको ।)
५. पोषणसम्बन्धी पाँचौँ विश्व सम्मेलन कहाँ आयोजना गरिएको हो ?
- काठमाडौँ (सन् २०१९ नोभेम्बर)
–    ‘पृथ्वी र मानव जाति दुवैलाई पोषित गर्ने’ नाराका साथ सुरु भएको अन्तर्राष्ट्रिय सम्मेलन दक्षिण एसियामा नै नेपालमा पहिलोपटक आयोजना भएको । 
–    कुपोषण न्यूनीकरण गर्ने अभियानमा जुटेका देशले सम्मेलनलाई उच्च महत्त्वका साथ लिएका ।
–    राष्ट्रिय योजना आयोगले संयोजन गरेको सम्मेलनमा नेपालसहित विश्वका ८० देशका उच्च राजनीतिक नेतृत्व, नीति निर्माता, गैरसरकारी संस्थाका प्रतिनिधि, पोषणसम्बन्धी विज्ञलगायतका एक हजार दुई सयजनाको सहभागिता रहेको ।
–    हरेक दुई वर्षमा अन्तर्राष्ट्रिय सम्मेलन हुने गरेको ।
६. नेपाली कामदार शून्य लागतमा यूएई जान पाउने व्यवस्था कहिलेदेखि कार्यान्वयनमा आएको हो ?
- विसं २०७६ कात्तिक १९
–    विसं २०७६ कात्तिक १७–१८ मा काठमाडौँमा बसेको नेपाल युएई संयुक्त कार्यसमूहको बैठकले जेठमा भएको श्रम समझदारी प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सम्झौता गरेसँगै शून्य लागतमा नेपाली कामदार युएई जान पाउने भएका । सम्झौता कात्तिक १९ देखि नै कार्यान्वयनमा आउने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको ।
–    नेपाल र युएईबीच भएको (कात्तिक १८ मा) सो सम्झौताअनुसार नेपाली कामदारको खर्च रोजगारदाताले नै बेहोनुपर्ने ।
–    यसअघि सन् २००७ मा नेपाल र युएईबीच श्रम सम्झौता भएको ।
७. प्रदेश ३ मा पहिलो अपाङ्गता सूचना केन्द्रको स्थापना कहिले गरियो ?
- विसं २०७६ कात्तिक १८
८. नेपाल र म्यानमारबीच व्यापार र लगानीसम्बन्धी सम्झौता कहिले भएको हो ?
- विसं २०७५ मङ्सिर १४ (सन् २०१८ नोभेम्बर ३०)
९. माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको विद्युत् उत्पादन क्षमता कति रहेको छ ?
- २१६ मेगावाट
(जलप्रवाहमा आधारित २१६ मेगावाट क्षमताको सो आयोजना निर्माणका लागि विसं २०७६ कात्तिक १५ मा नौ अन्तर्राष्ट्रिय ऋणदाताहरूसँग सम्झौता भएको ।)
१०. नेपालमा मन्ट्रियल सन्धि १९९९ कहिलेदेखि लागू भएको हो ?
- विसं २०७५ मङ्सिर २९
११. काठमाडौँ उपत्यकाको कुन ठाउँलाई ‘अशोकपतन’ पनि भनिन्थ्यो ?
- पाटन 
१२. विश्व सहरीकरण दिवस कहिले मनाउने गरिन्छ ?
- अक्टोबर ३१
१३. नेपालमा सरकारी तवरबाट पहिलोपटक राष्ट्रिय प्राकृतिक चिकित्सा दिवस कहिले मनाइयो ?
- विसं २०७५ असार २०
(मूल नारा ः नसर्ने रोगमा प्रावृmतिक चिकित्सा)
१४. पशुपति क्षेत्रलाई मगन्तेरहित क्षेत्र घोषणा कहिले गरिएको हो ?
- विसं २०७४ चैत २०
१५. इथियोपियामा पहिलोपटक महिला राष्ट्रपति बन्न सफल कूटनीतिज्ञ को हुन् ?
-सले वर्क ज्युद
–    राष्ट्रपति निर्वाचित हुनुअघि उहाँ अफ्रिकन युनियनका लागि राष्ट्रसङ्घीय प्रतिनिधि रहेको ।
–    इथियोपियाको संविधानअनुसार त्यहाँ राष्ट्रपति आलङ्कारिक र प्रधानमन्त्री कार्यकारी अधिकारीयुक्त हुने प्रावधान रहेको ।
 १६. सरकारले वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली कहिलेदेखि सञ्चालनमा ल्याउने निर्णय गरेको हो ?
- विसं २०७५ भदौ २५
१७. संयुक्त राष्ट्रसङ्घका लागि स्थायी प्रतिनिधिका लागि अमृत राईलाई कहिले नियुक्त गरिएको हो ?
- विसं २०७५ पुस २३
१८. सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
- माछापुच्छ«े गाउँपालिका, कास्की
१९. वागबानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?
- मुकुुन्द रञ्जित 
२०. नेपाल राष्ट्रबैङ्कले विसं २०७६ असोज २८ मा सार्वजनिक गरेको तथ्याङ्कअनुसार नेपालका कति प्रतिशत नागरिकमा वित्तीय पहुँच पुगेको छ ?
- ६०.९ प्रतिशत 
–    केन्द्रीय तथ्याङ्क विभागका अनुसार अहिले नेपालको कुल जनसङ्ख्या दुई करोड ९६ लाख पुगेको । राष्ट्रबैङ्कले दुई करोड ७८ लाख निक्षेप खातामा एक व्यक्तिको एकभन्दा बढी खाता र विदेशी नागरिकको खाता अलग्याएर यो विवरण तयार पारेको । अध्ययनले लघुवित्त र बचत तथा ऋण सहकारी संस्थाहरूका निक्षेपकर्ता तथा ऋणीहरू पनि अलग्याएको ।
–    यसअघि विश्व बैङ्कको ग्लोबल फिनडेक्स डाटाबेसले सन् २०१७ मा ४५ प्रतिशत नेपालीको बैङ्क खाता रहेको देखिएको । त्यस्तै, सन् २०१४ मा फिन्सकोप सर्वेअनुसार नेपालका कुल वयस्क मध्ये ४० प्रतिशतको बैङ्क सेवामा पहुँच रहेको देखिएको ।
२१. सुन्धारास्थित धरहराको पुरानो नाम के हो ?
- मिनार (पछि भीमसेन स्तम्भ नामकरण गरिएको ।)
२२. लुम्बिनीलाई पञ्चशील क्षेत्र कहिले घोषणा गरिएको हो ?
- विसं २०७५ मङ्सिर ५
२३. नेपालको कुन ठाउँलाई खुला चिडियाखानाका रूपमा विकास गरिने भएको छ ?
- डहरे देउराली (पर्वत, स्याङ्जा र कास्कीको सिमानामा पर्ने डहरे देउरालीलाई फलेबास नगरपालिकाले खुला चिडियाखानाका रूपमा विकास गर्ने भएको ।)
२४. नेपाल क्रिकेट सङ्घ (क्यान) ले नेपाली क्रिकेट टिमको कप्तानमा कसलाई नियुक्त ग¥यो ?
- ज्ञानेन्द्र मल्ल (विसं २०७६ कात्तिक १३)
(ज्ञानेन्द्र मल्ल नेपाली राष्ट्रिय क्रिकेट टोलीका आठौँ कप्तान बनेका । यसअघि उत्तम कर्माचार्य, एलबी क्षेत्री (लेखबहादुर), पवन अग्रवाल, राजु खड्का, परेस लोहनी, विनोद दास र पारस खड्का राष्ट्रिय टोलीका कप्तान बनेका । यीमध्ये पारस सबैभन्दा सफल कप्तानका रूपमा स्थापित भएका । पारस सन् २००९ देखि २०१९ सम्म कप्तानको भूमिकामा रहेका । उहाँको कप्तानीमा नेपालले वानडे मान्यताप्राप्त ग¥यो भने २०१४ मा भएको आईसीसी विश्व टी–२० कपसमेत खेल्न पाएको ।)
२५. सूर्यको प्रकाशबाट चम्किने ग्रह तथा उपग्रहजस्ता खगोलीय पिण्डको सतहबाट परावर्तन हुने प्रकाशको रिफ्लेक्टिभ पावरलाई के भनिन्छ ?
- अलविडो
२६. कमैयाले तिर्नुपर्ने ऋणलाई के भनिन्छ ?
- सौकी
२७. प्रशान्त महासागरमा एल–निनोको प्रभाव बढ्दा नेपालको मनसुनमा कस्तो प्रभाव पर्ने गरेको पाइन्छ ?
- मनसुन कमजोर भई न्यून वर्षा हुने 
२८. सूर्यले आकाशगङ्गाको तारापुञ्जीय केन्द्रको एकपटक परिक्रमा गर्न लाग्ने समयलाई के भनिन्छ ?
- ब्रह्माण्ड वर्ष 
२९. छ महिनामा विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरी रेकर्ड राख्न सफल नेपाली पर्वतारोही को हुन् ?
- निर्मल पुर्जा
–    ‘प्रोजेक्ट पोसिबल’ शीर्षकमा सात महिनामा विश्वका सबैभन्दा अग्ला १४ हिमाल आरोहण गर्ने लक्ष्यसहति आरोहण सुरु गरेका पुर्जाले छ महिना छ दिनमा मिसन पूरा गरेका । 
–    यसअघि सबैभन्दा छोटो समयमा यो रेकर्ड दक्षिण कोरियाका आरोही किम चाङ–होको नाममा रहेको । उहाँले सात वर्ष ११ महिना १४ दिनमा आठ हजार मिटरभन्दा अग्ला १४ हिमाल आरोहणको रेकर्ड राखेको ।
–    सन् २०१९ अप्रिलमा अन्नपूर्ण हिमालबाट आरोहणको थालनी गरेका पुर्जाले अक्टोबर १९ मा चीनको सिसापाङमा आरोहणसँगै अभियान पूरा गरेका ।
३०. नेपालमा पहिलोपटक महिलाको फ्रेचाइज क्रिकेट वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) कहिले सम्पन्न भएको हो ?
- विसं २०७६ असोज २९–कात्तिक ७ (कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान)
(२०७६ कात्तिक ७ मा भएको फाइनल प्रतिस्पर्धामा चितवन राइनोजले क्याट क्वीन्स काठमाडौँलाई पराजित गर्दै फ्रेन्चाइज महिला च्याम्पियन्स लिग टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्न सफल भएको ।)
-गोरखापत्रबाट 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप