शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

डा गोविन्द केसीलाई सुविधासम्पन्न अस्पतालमा पठाउनेबारे छलफल गर्न सर्वपक्षीय बैठक

सोमबार, २५ कात्तिक २०७६, १२ : २३
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं । आमरण अनसनमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था लगातार बिग्रिएपछि उनलाई सुविधासम्पन्न अस्पतालमा पठाउन जिल्ला प्रशासन कार्यालय डडेल्धुराले पहल थालेको छ ।

जिल्ला प्रशासन कार्यालयमा बिहान करिब ११ बजेदेखि सर्वपक्षीय छलफल भइरहेको प्रशासन कार्यालयले जनाएको छ ।

डा. केसीलाई बाहिर पठाउनका लागि डडेल्धुरामै सेनाको ब्यारेकमा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । स्रोतका अनुसार जिल्ला अस्पताल डडेल्धुराले डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको भन्दै सुविधासम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय छलफल थालेको हो ।

डा. केसीले भने आफ्ना माग पुरा नभएसम्म अनशन जारी रहने भन्दै डडेल्धुराबाट बाहिर नजाने अडान लिँदै आएका छन् ।

विगतमा सरकारसँग भएका सहमतिहरु कार्यान्वयन नभएको भन्दै डा. केसी १७ औं अनशनमा बसेका हुन् । एउटा निजी घरमा गत साता अनशन थालेका उनलाई स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जिल्ला अस्पताल ल्याइएको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप