शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

आर्थिक विकासमा केन्द्रित नहुने वित्तिय संस्थाहरुलाई कार्वाही हुन्छ : गभर्नर नेपाल

सोमबार, २५ कात्तिक २०७६, १३ : १५
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक विकासमा केन्द्रित नहुने बैंक तथा वित्तिय संस्थाहरुलाई कडा कार्वाही गर्ने चेतावनी दिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालले बैंक तथा वित्तिय संस्थालाई निजी उद्योगको रुपमा संचालन गर्न खोजे राष्ट्र बैंकले कडा कार्वाही गर्ने चेतावनी दिएका हुन् । उनले जनताको पैसा उठाएर संचालनमा आएका बैंक तथा वित्तिय संस्था निजी नहुने भएकाले उनीहरुले मुलुकको समृद्धिका लागि आफूसँग संकलन भएको निक्षेप परिचालन गर्नुपर्ने पनि स्पष्ट पारे ।

गभर्नर नेपालले जनताको पैसा नडुबोस् भनेर समस्याग्रस्त बैंक तथा वित्तिय संस्था संस्थाहरुलाई पुनः संचालन गर्ने अवसर प्रदान गरिएको पनि स्मरण गराए । सोमबार काठमाडौं  समृद्धि फाईनान्स कम्पनी लिमिटेडको उद्घाटन गर्दै उनले जनताको पैसा लिएका बैंक तथा वित्तिय संस्थाहरुलाई आफ्नो निजी उद्योगको जसरी जभाभावी लगानी गर्न दिन नसकिने पनि बताए । उनले बैंक तथा वित्तिय संस्थाहरु विश्वमा कहीँ पनि निजी नहुने भएकाले त्यसले नेपाल राष्ट्र बैंकको नीति, निर्देशनको पालना गरेर अघि बढनुको विकल्प नरहेको पनि दोहो¥याए ।

गभर्नर नेपालले जनताको पैसा डुब्न नदिन नेपाल राष्ट्र बैंकले सबै बैंक तथा वित्तिय संस्थाहरुमाथि कडा निगरानी राख्ने कामलाई तीव्रता दिने गरेको पनि बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप