शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

बलियो बन्दै मोन्चेनग्लाडवाच

सोमबार, २५ कात्तिक २०७६, १४ : ४९
सोमबार, २५ कात्तिक २०७६

एजेन्सी । बोरुसिया मोन्चेनग्लाडवाचले जर्मन बुन्डेस लिगामा थप बलियो भन्दै गएको छ । 

आइतबार राति भएको खेलमा मोन्चेनग्लाडवाचले वेर्डर ब्रेमेनलाई ३–१ गोलले हरायो । यस जितसँगै मोन्चेनग्लाडवाचले लिगमा चार अंकको अग्रता लिएको छ । 

शीर्ष स्थानमा रहेको मोन्चेनग्लाडवाचको ११ खेलबाट २५ अंक पुगेको छ । दोस्रो स्थानको आरवी लेइपिजिजको २१ अंक छ । बायर्न म्युनिख र फ्रेइबर्गको समान २१ अंक छ ।

 हारसँगै ११ अंक बनाएको ब्रेमेन १४औं स्थानमा छ । मोन्चेनग्लाडवाचको जितमा रामी बेन्सेबैनीले २०औं मिनेटमा खाता खोले । प्याट्रिक हेर्मनले २२औं र ५९औं मिनेटमा दुई गोल गरे । वेर्डर ब्रेमेनका लियोनार्दाेले दोस्रो हाफको इन्जुरी समयमा एक गोल फर्काएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप