बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

साग फुटबल टोलीको घोषणा

सोमबार, २५ कात्तिक २०७६, १७ : ०१
सोमबार, २५ कात्तिक २०७६

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि फुटबल टोलीको घोषणा गरेको छ । टोलीका प्रशिक्षक बालगोपाल मर्हजनले प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम २० सदस्यीय टोलीको घोषणा गरेका हुन् । टोलीमा सिनियर खेलाडी विकेश कुथु, विक्रम लामा र सुजल श्रेष्ठलाई समावेश गरेका छन् ।

सागमा सिनियर टोलीबाट तीन जना खेलाडी राख्न पाउने नियम छ । नेपाली टोलीले साग फुटबलको उपाधि रक्षा गर्ने योजना बनाएको छ । यसअधि भारतमा भएको १३ औं संस्करणमा पनि नेपालले फाइनलमा भारतलाई हराउँदै उपाधि जितेको थियो ।

नेपाली टोली
गोलरक्षक – विकेश कुथु, अर्पण कार्की र दीप कार्की
रक्षक –अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल, छिरिङ गुरङ

मिडफिल्डर– विक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर र नितिन थापा
स्ट्राईकर– विमल घर्तीमगर, रेजिन सुब्बा, अभिषेक रिजाल र अन्जन बिष्ट । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप